+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

एक महिनाअघि क्वारेन्टाइनबाट भागेका थिए बाँकेका कोरोना संक्रमित

कोरोना संक्रमित भेटिएपछि नेपालगञ्जका चार स्थान सिल

रासस रासस
२०७७ वैशाख १९ गते १०:४३
Photo Credit : फाइल फोटो

१९ वैशाख, बाँके । बाँकेका कोरोना संक्रमित पुरुष एक महिनाअघि क्वारेन्टाइनबाट भागेको खुलेको छ । शुक्रबार कोरोना संक्रमण पुष्टि  भएका बाँकेका ५० वर्षका ती व्यक्ति लकडाउन शुरु हुनुअघि भारतको नानपारालगायत ठाउँमा गएका थिए ।

भारतको सीमा क्षेत्र बहराइचबाट करीब एक महिनाअघि नेपाल फर्किएका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट झन्डै ६०० जना भाग्दा उनी पनि भागेका प्रहरी स्रोतले बताएको छ ।

स्रोतका अनुसार उनी डीएसपी रोडस्थित घरबाट महेन्द्र पार्कस्थित मस्जिदमा दैनिक आउजाउ गर्दै आएका थिए । लकडाउनमा मस्जिदमा नमाज तथा अजानका क्रममा नियमित आवतजावत गर्न समस्या भएपछि भने उनी रमजानको शुरुआतीसँगै मस्जिदमा बस्ने गरेका थिए ।

उनका श्रीमती र छोरा तथा नजिकका छिमेकीको पनि कोरोना जाँच गरिने भएको छ ।

जिल्लास्थित उच्चस्तरीय सुरक्षा संयन्त्रको बैठकले कोरोना सङ्क्रमणको आशंकामा नेपालगञ्जका चार स्थान बन्द (सिल) गरेको छ । नेपालगन्जको डीएसपी रोड, धम्बोझी, एकलैनी र महेन्द्र पार्क आसपासका क्षेत्र बन्द गरेको छ । नेपालगञ्जका यी क्षेत्र साँघुरा र घनाबस्तीयुक्त हुन् ।

नेपालगञ्ज धम्बोझीका अर्का एक युवकमा पनि सङ्क्रमणको आशंका गरिएपछि सो क्षेत्र बन्द गरिएको हो । ती युवक धम्बोझीस्थित मस्जिदमा बस्दै आएका थिए । डुडवा गाउँपालिकाकाका उनी लामो समयदेखि घर छाडेर मस्जिदमा बस्दै आएका छन् ।

उनलाई पनि खजुरास्थित क्यान्सर अस्पतालमा रहेको आइसोलसनमा राखिएको छ । उक्त मस्जिद लकडाउनपछि बन्द गरिएको थियो । उनको पनि बिहीबार स्बाब संकलन गरी जाँच गरिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

प्रहरीको स्कर्टिङमा एम्बुलेन्समा राखेर उनलाई खजुरास्थित आइसोलेसन वार्डमा लगिएको हो । सङ्क्रमित एम्बुलेन्ससम्म सामान्य रुपमा हिँडेरै आएका थिए ।

सङ्क्रमितले नेपालगञ्ज –८ स्थित मस्जिदमा सहायकका रुपमा काम गर्दै आएका छन् । रमजान शुरु हुनु केही दिनअघि मात्र उनी मस्जिदमा बस्न थालेको प्रहरी स्रोत बताउँछ ।

लकडाउनका अवधिमा मस्जिदमा नमाज तथा अजानका क्रममा नियमित आवतजावत गर्न समस्या पर्ने हुँदा उनी रमजानको शुरुवातीसँगै मस्जिदमा बस्थे । मस्जिदका इमामको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?