Comments Add Comment

पोखराका मेयर भन्छन् : घरभाडा छुटको अनुगमन गर्न सजिलो छैन

२० वैशाख, पोखरा । सरकारले अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरले तिर्नुपर्ने चैत महिनाको घरभाडा मिहाना गर्न घरधनीहरुलाई आग्रह गरेको थियो ।

सोही आग्रहअनुरुप श्रमिकको घर भाडा मिनाहा भए/नभएको अनुगमन गर्ने जिम्मा स्थानीय तहलाई दिने निर्णग पनि केही दिनअघिको मन्त्रिपरिषद बैठकले गरेको छ ।

आफ्नो क्षेत्रभित्र बसोबास गर्ने असंगठित श्रमिकलाई घरबेटीले कोठाभाडा लिएको वा नलिएको अनुगमन गर्न सजिलो नभएको पोखरा महानगरले जनाएको छ । मेयर मानबहादुर जिसीले सरकारले ‘असंगठित मजदुरलाई मात्र’ घरभाडा छुट गर्न भने पनि सबैको पहिचान गर्न गाह्रो हुने बताए ।

‘को कहाँ कसकोमा कतिजना बसेका छन्, भन्ने डाटा संकलन गरेरमात्रै अनुगमन गर्ने हो,’ पोखरा महानगर मेयर जिसीले अनलाइनखबरसँग भने, ‘यो जति भन्न सजिलो छ, त्यति नै गर्न गाह्रो छ । तर, तथ्यांकचाहिँ राखिराख्नु पर्ने रहेछ भन्ने शिक्षा पायौं ।’

मेयर जिसीले अनलाइनखबरसँग गरेको कुराकानीको सम्पादित अंश :

सबैले भाडा छुट पाउने होइन । सरकारले नै स्पष्ट रुपमा असंगठित मजदुरलाई भनेर तोकिदिएको छ । ती असंगठित मजदुरहरु को, कहाँ, कसरी, कसकोमा बसेको छ भन्ने सुरुमा रेकर्ड डाटा तयार पार्छौं र त्यही अनुसार अनुगमन गर्ने भनेका छौं ।

अर्थमन्त्रालयले नै घरभाडा छुट गरिनुपर्ने नागरिकको वर्ग छुट्याइसकेपछि सबैले त्यही अनुसार काम अघि बढाउनुप¥यो । अब ती असंगठित मजदुरको सत्य तथ्यांक के हो भन्ने पनि आउला । भोलि जो पनि म पनि मजदुर हुँ भन्न आउँलान्, ती परिस्थितिलाई कसरी अघि बढाउने भन्ने विषयमा खास मजदुरको तथ्यांक तयार पारिसकेपछि मात्रै अनुमगनमा जान सकिन्छ ।

महानगरपालिकाले विगतदेखि नै घर बहाल कर लिँदै आएका छ । त्यसमा सबै घरधनी सामेल नभएका पनि हुन सक्छन् । पहिल्यैदेखि दर्ता हुनुहोस्, हामी डाटा संकलन गर्दै छौं भन्दै आएका थियौं । तर, स्पष्ट पहिचान गर्न नसकेका पनि हुन सक्छौं । सबैलाई सामेल बनाउन नसकेकोमा अब चेत्ने कि नचेत्ने भन्ने कुरा पनि हो ।

महानगरपालिकाभित्र कति जनाले कति भाडा तिरेर बसिरहेका छन् भन्ने विषयमा तथ्या्रक संकलन गरेरमात्र अनुगमन गर्ने हो । यो काम हेर्दा जति सजिलो छ त्यति नै गाह्रो पनि छ । योबेला कम्तीमा पोखरा महानगरभित्र बस्ने असंगठित मजदुरहरुको तथ्यांक निर्माण गर्न सकियो भने फाइदा हुने भनेकै हामीलाई हो ।

कोरोना भाइरसको महामारीले अप्ठ्यारोमात्रै सिर्जना गर्ने होइन, ठूलै पाठ पनि सिकाएको छ । यस्ता असामान्य परिस्थिति भोलिका दिनमा नआउलान् भन्न सकिन्न । यस्तोबेला कसरी अगाडि बढ्ने भन्ने कुरामा कोरोनाले पाठ सिकाएको छ ।

समस्याको बेला राहत कसरी वितरण गर्नेदेखि अन्य परिस्थितिलाई सामान्य बनाउन कसरी अगाडि बढ्ने हो भन्ने कुरा अझै सिक्न जरुरी देखियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment