+
+

हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २० गते १७:३१

२० वैशाख, काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत मोतिहारी घर भई ललितपुरको सानेपा बस्ने ३९ वर्षीय रुपेशकुमार गुप्ता र बागलुङ घरभई काठमाडौं नयाँबानेश्वर बस्ने ३५ वर्षीय सागर श्रेष्ठ रहेका छन् ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-१३ टंकेश्वर ‍र काठमाडौं महानगरपालिका-१२ स्थित कनक पेट्रोल पम्प नजिकबाट उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गुप्ताको साथबाट ६ लाख २१ हजार रुपैयाँ र श्रेष्ठको साथबाट १८ लाख रुपैयाँ गरी कुल २४ लाख २१ हजार रुपैयाँ बरामद भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?