+
+
Shares

जंगली च्याउ खाएर एकै परिवारका ७ जना बिरामी

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २१ गते ९:५२

२१ वैशाख, नवलपरासी । पूर्वी नवलपरासीमा शनिबार राति जंगली च्याउ खाँदा एकै ७ जना बिरामी परेका छन् । उनीहरु मध्ये ३ जनाको अवस्था सामान्य रहेकोले उपचार पछि घर फर्किएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादु खाँणका अनुसार विनयी त्रिवेणी गाउँपालिका-४ सानो सिद्रे निवासी १८ वर्षीय पुरुषोत्तम भण्डारी, २३ वर्षीय सुनिता भण्डारी, ११ वर्षीया पुनम भण्डारी र १४ वर्षीय पविन रिजाल गम्भीर बिरामी छन् ।

बिरामी परेकाहरु एकै परिवारको रहेको विनयी त्रिवेणी-४ का वडाध्यक्ष गोपालप्रसाद अधिकारीले जानकारी दिए ।

गम्भीर बिरामी भएकालाई राति नै मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारपछि थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पठाइएको छ ।

लकडाउनका कारण नवलपरासीमा अहिले जंगलमा पाइने च्याउ, निउरो, गिठ्ठालगायतका जंगलमा पाइने तरकारी खोजेर खाने क्रम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?