+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

विद्यार्थीलाई इन्टरनेट सेवा निःशुल्क उपलब्ध गाराउने नेविसंघको माग

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २१ गते ११:५०

२१ वैशाख, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विद्यार्थीलाई निःशुल्क इन्टरनेट सुबिधा उपलब्ध गराउन माग गरेको छ ।

लकडाउनमा विश्वविद्यालयहरुले अनलानइन कक्षा सुरु गरिसकेको र सरकारले पनि तयारी गरिरहेको भन्दै नेविसंघले विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउन माग गरेको हो ।

आइतबार नेपाल टेलिकमलाई ज्ञापनपत्र बुझाउँदै नेविसंघले धेरै विद्यार्थी इन्टरनेटको पहुँचमा पुग्ने नसकेकोले विद्यार्थीको परिचयपत्रका आधारमा निःशुल्क इन्टरनेट उपलब्ध गराउन माग गरेको हो ।

हालकै अवस्थामा अनलाइन कक्षा सञ्चालन गर्दा शिक्षामा विभेदीकरण हुने सबैलाई इन्टरनेटको पहुँचमा पुर्‍याउनु पर्ने नेविसंघको माग छ ।

विश्व स्वास्थ्य संगठनले नै कारोना भाइरसले दुई वर्षसम्म प्रभावित बनाउन सक्ने भनिसकेकोले शिक्षामा पनि दीर्घकालीन उपाय खोज्नु पर्ने महामन्त्री दीपक भट्टराईको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?