+
+

उदयपुरका जनप्रतिनिधिले भने- नोबेललाई कारबाही होस्

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २१ गते १५:२८

२१ वैशाख, विराटनगर । कोरोना फैलिएको जिल्लाबाट आएका बिरामीलाई अप्रेशन थिएटरबाट निकालिएपछि उदयपुरका जनप्रतिनिधिले नोबेल मेडिकल कलेजलाई कारबाही गर्न माग गरेका छन् ।

बुधबार प्रसूतिका लागि भर्ना भएकी महिला र शुक्रबार हात भाँच्चिएर भर्ना भएका युवकलाई अप्रेशन थिएटरबाटै रिफर गरेपछि एक नम्बर प्रदेशसभा सदस्य विमल कार्की, नारायण बुर्जामगर र त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले तत्काल कारबाही गर्न माग गरेका हुन् ।

आइतबार विज्ञप्ति जारी गर्दै तीन जना जनप्रतिनिधिले एक वर्षसम्म उदयपुर जिल्लामा नोबेल मेडिकल कलेजको विज्ञापन हुने खालका कुनै कार्याक्रम गर्न नदिन पनि आग्रह गरेका छन् ।

बुधबार नोबेल मेडिकल कलेजले उदयपुरको गाइघाट नगरपालिका – ११ की २९ वर्षीया सरस्वती रौनियारलाई अप्रेशन थिएटरबाटै निकालेर कोसी अस्पताल रिफर गरेको थियो ।

शुक्रबार उदयपुर त्रियुगा नगरपालिका– ६ का भीमबहादुर खत्री पनि अप्रेशन थिएटरबाट निकालिएका थिए । उदयपुर घर भएकै कारण उपचारबाट बञ्चित गर्ने अस्पताललाई कडा कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।

रिफर गर्नु सामान्य : चिकित्सक संघ

नेपाल चिकित्सक संघ कोशी शाखाले उदयपुरबाट आएका बिरामीलाई कोरोना परीक्षण हुने अस्पतालमा रिफर गर्नु सामान्य प्रकृया भएको बताएको छ ।

नोबेलबाट दुईजना बिरामी रिफर भएपछि विज्ञप्ति निकाल्दै संघले कोरोना परीक्षण गर्ने प्रविधि नभएका निजी अस्पतालले कोरोना परीक्षण गर्न मिल्ने अस्पतालमा रिफर गर्नु जायज भएको बताएको हो ।

संघका कोसी अञ्चल शाखा अध्यक्ष डा.फरवाड सिलवालद्वारा जारी बिज्ञप्तिमा धेरै संक्रमण फैलिएको क्षेत्रबाट आएका बिरामीलाई उपचार गर्नुपूर्व बिरामीको ‘स्वाब’ लिएर पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने विश्व स्वास्थ्य संगठनको प्रोटोकल मै उल्लेख रहेकाले बिरामी रिफर गर्नुलाई सामान्य भएको बताएको हो । नोबेल मेडिकल कलेजले पनि रिफरको प्रक्रिया सामान्य भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?