Comments Add Comment

धरौटी बुझाएर छुटे दाल कालोबजारीका आरोपी

२१ वैशाख, वीरगञ्ज । लकडाउनमा दाल कालोबजारी गरेको आरोपमा पक्राउ परेका बारा-पर्सा औद्योगिक करिडोरका तीन उद्योगीसहित ६ जना धरौटी बुझाएर छुटेका छन् ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको इजलासले कालोबजारी मुद्दामा उनीहरुसँग ६३ लाख ८२ हजार रुपैयाँ धरौटी माग गरेको थियो । धरौटी बुझाएर उनीहरु आइतबार नै रिहा भएका छन् ।

दाल कालोबजारी मुद्दामा उद्योगीहरु मोहनलाल चाचन, पवनकुमार झा, मुक्ती कुमार अग्रवाल र उनका प्रतिनिधिहरु सुनिल कुमार सिंह, सुरेश प्रसाद, सन्तोष झालाई प्रहरीले पक्राउ गरेको थियो । मुक्ती कुमार अग्रवाललाई शनिबार पक्राउ गरिएको थियो भने अन्य पाँच जनालाई वशाख १४ गते पक्राउ गरिएको थियो ।

यो पनि पढ्नुहोस लकडाउनमा दालको कालोबजारी गर्ने पाँच जना पक्राउ

उनीहरु आवद्ध करिडोरका तीन वटा उद्योगले बढी मूल्यमा मसुरोको दाल बिक्री गरेको दाबीसहित प्रहरीले उनीहरुविरुद्ध प्रशासनमा कालोबजारी मुद्दा दर्ता गरेको थियो ।

बाराको परवानीपुर गाउँपालिकको चैनपुर स्थित नारायणी मोर्डन पल्सेस इन्ड्रष्ट्रिजका सञ्चालक चाचनसँग १८ लाख ५० हजार, सुनिलसँग १ लाख ५० हजार, बाराकै छातापिपरा स्थित कृष्ण आधुनिक दाल उद्योगका सञ्चालक पवनसँग १९ लाख १७ हजार, सुरेशसँग १ लाख ५० हजार, बाराकै परवानीपुर लिपनीमाल स्थित महावीर दाल उद्योगका मुक्ती कुमारसँग २१ लाख ६५ हजार र सन्तोषसँग १ लाख ५० हजार धरौटी माग गरेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

उद्योगहरुले बढी मूल्यमा मसुरोको दाल बिक्री गरेको जनगुनासोको आधारमा अनुगमनमा खटिएको टोलीको प्रतिवेदनको आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

लकडाउन भन्दा अगाडि प्रतिकेजी ८० देखि ८५ रुपैयाँमा मसुरोको दाल बिक्री गर्ने गरेकोमा उनीहरुले लकडाउनमा ९४ देखि ९८ रुपैयाँमा बिक्री गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment