+
+

महेश बस्नेत र सर्वेन्द्र खनालविरुद्ध दर्ता भयो अपहरणको उजुरी

गौरव पोखरेल गौरव पोखरेल
२०७७ वैशाख २२ गते १८:५९

२२ वैशाख, काठमाडौं । अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध उजुरी दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा सोमबार दिउँसो उजुरी दर्ता भएको सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालले अनलाइनखबरलाई जानकारी दिए । उनीहरूमाथि जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाडौं ल्याएको आरोप छ ।

अब सरकारी वकिल कार्यालयले उजुरीमाथि अध्ययन गर्नेछ र आवश्यकताअनुसार थप प्रक्रियाका लागि प्रहरीसमक्ष पठाउने छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५ मा जाहेरी दर्खास्त वा सूचना प्रहरीले दर्ता नगरे सरकारी वकिलको कार्यालयमा उजुरी गर्न सकिने व्यवस्था छ र उजुरी प्राप्त भएपछि सम्बन्धित सरकारी वकिलको कार्यालयले त्यसको अभिलेख राखेर जाहेरी दर्खास्त वा सूचना आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाउनुपर्ने व्यवस्था छ ।

अपहरणको जाहेरी दर्ता गर्न सांसद यादवसहित जसपाका नेताहरू महानगरीय प्रहरी परिसर, काठमाडौं गएका थिए । तर, प्रहरीले दर्ता गर्न अस्वीकार गरेपछि १६ वैशाखमा सरकारी वकिलको कार्यालय पुगेका थिए ।

तर, वैशाख १६ गते सरकारी वकिल कार्यालयले पनि यादवको जाहेरी लिन मानेन । यद्यपि उजुरीको प्रति छाडेर फर्किएका थिए । सा‌ंसद यादवले राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी दिएका छन् । त्यसपछि सरकारी वकिलको कार्यालयले उजुरी दर्ता गरेको छ ।

यो पनि पढ्नुहोस् 

पूर्वकमाण्डरविरुद्ध अपहरणको जाहेरी आउँदा प्रहरी रनभुल्ल

मानव अधिकार आयोगमा महेश बस्नेत र सर्वेन्द्र खनालले पनि दिए उजुरी

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?