Comments Add Comment

एन्फा दिवसको कार्यक्रम रद्द

२२ वैशाख, काठमाडौं । गत वर्षदेखि सुरु भएको एन्फा डे (एन्फा दिवस) को कार्यक्रम रद्द भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत वर्ष वैशाख २२ गते एन्फा दिवस मनाएको थियो ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले सोमबार एन्फा दिवसको कार्यक्रम रद्द भएको जानकारी गराए।

दुई वर्षअघि वैशाख २२ गते नै शेर्पाको नेतृत्वमा एन्फामा नयाँ कार्यसमिति चयन भएको थियो । त्यसको एक वर्षपछि एन्फाले खेलाडी र खेलसँग सम्बन्धित व्यक्तिलाई सम्मान गर्ने दिनको रुपमा एन्फा दिवस मनाउन थालेको थियो । गतवर्ष एन्फा दिवसमा जुमानु राई र अनु लामालाई सम्मान गरिएको थियो ।

गतवर्षभन्दा यसवर्ष भव्य कार्यक्रम गर्ने योजना बनाए पनि अहिलेको परिस्थिति अनुकूल नभएकाले रद्द गर्नुपरेको एन्फा अध्यक्ष शेर्पाले जनाएका छन् ।

एन्फा दिवसको अवसरमा अध्यक्ष शेर्पाले एक सन्देश जारी गर्दै खेलाडी, जिल्ला संघ, क्लब, प्रायोजक, समर्थकलगायत सबैलाई शुभकामना दिएका छन् ।

अहिलेको समयमा सरकारले लागु गरेको लकडाउन पालना गर्दै सबै जना घरमै सुरक्षित रुपमा बस्न उनले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment