
२३ वैशाख, काठमाडौं । भारतको दिल्ली प्रदेशले मदिरा खरिदमा ‘विशेष कोरोना’ शुल्क पनि थप गर्ने भएको छ। मंगलबारदेखि लागु हुनेगरी ७० प्रतिशत ‘विशेष कोरोना’ शुल्क जोडिएको हो ।
सोमबार मुलुकभर लकडाउनमा केही राहत दिएसँगै दिल्ली सरकारले पनि मदिरा पसल खोल्ने निर्णय गरेको थियो । तर, मदिरा पसलमा अत्यधिक भिड देखिएसँगै साँझ ७० प्रतिशत अतिरिक्त शुल्क लगाउने निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड-१९) को महामारीको कारण आर्थिक रुपमा सरकारलाई पुगेको नोक्सानीलाई यसबाट उठ्ने राजस्वले केही हदसम्म सहयोग गर्ने अपेक्षा छ ।
यद्यपि अतिरिक्त शुल्क लगाइएपछि पनि मदिरा पसलमा मानिसहरुको भिड भने घटेको छैन । मंगलबार पनि बिहानैदेखि मुलुकका धेरै मदिरा पसलमा मानिसहरू लाइनमा बसेको तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा भाइरस भइरहेका छन् ।
स्रोत : बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4