+
+
Shares

अब शर्तसहित लकडाउन खुकुलो बनाउनुपर्छ : गृहमन्त्री थापा

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २३ गते १५:५३

२३ वैशाख, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले कोरोना महामारी रोकथामका लागि लगाइएको लकडाउन शर्तसहित खुकुलो बनाउनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिमा उनले लकडाउनले आर्थिक संकट बढी देखिएको भन्दै यसलाई शर्तसहित खुकुलो बनाउनुपर्ने बताएका हुन् ।

‘कोरोना महामारीको संकट तोड्न विश्वले अपनाएको उपाय हो लकडाउन, तर यसले आर्थिक संकट निम्त्याएको छ, त्यसैले शर्तसहित अब लकडाउन खोल्नुपर्छ’ उनले भने ‘बेरोजगारीलगायतका समस्या पनि देखिएका छन्, गाउँ फर्किने अभियान पनि यही कारण देखिएको हो ।’

मन्त्री थापाले लकडाउन कहिलेदेखि र के शर्तमा खुकुलो बनाइने भन्नेबारे भने खुलाएनन् ।

कोरोना अन्तर्राष्ट्रिय संकट भन्दै मन्त्री थापाले यसका कारण आर्थिक संकट र सामाजिक र राजनीतिक असन्तोष निम्तिएको पनि बताए । कोरोनाकै कारण अहिले सामाजिक र आर्थिक असन्तोष विकास हुँदै गएको पनि उनले टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?