Comments Add Comment

संकटमा साना तथा मझौला उद्योग

व्यवसायी भन्छन्- कामदारको तलब, घरबहाल, बैंक ब्याज कसरी जुटाउने ?

२४ वैशाख, काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेपछि होटल, रिसोर्ट तथा रेस्टुरेन्ट क्षेत्रमा बढेको लगानीले नेपाली पुष्प व्यवसायीहरूलाई निकै हौसला दियो । नेपालमा हुने पुष्प व्यवसायको खपत क्षेत्र फराकिलो हुँदा लाभ राम्रो हुने भन्दै पुष्प व्यवसायमा लगानी पनि थपियो । तर, परिकल्पना नै नगरेको कोरोना भाइरस असरले यतिबेला पुष्प व्यवसायीहरू थलिन पुगेका छन् ।

देशभर एक हजार व्यवसायिक पुष्प व्यवसायीहरू रहेको नेपाल पुष्प व्यवसायी संघले जनाएको छ । करिब छ अर्ब रुपैयाँ लगानी रहेको पुष्प व्यवसायमा अघिल्लो आर्थिक वर्ष दुई अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको संघका अध्यक्ष कुमार श्रेष्ठ बताउँछन् ।

लकडाउनको ४१औं दिनसम्म आइपुग्दा फूलको कारोबार शून्यमा झरेको उनी बताउँछन् । कोरोना महामारीका कारण दैनिक सवा करोडको व्यापार डुबेको र झण्डै ४० हजार श्रमिकले रोजगारी गुमाएको उनले बताए ।

त्यस्तै, विद्युतीय सामग्री उत्पादन, आयात तथा निर्माण क्षेत्रमा तीन हजार ५०० व्यवसायी क्रियाशील रहेको अनुमान छ । झण्डै एक खर्ब लगानी रहेको यो क्षेत्रमा २० हजार जनाले प्रत्यक्ष रोजगारी पाएको नेपाल विद्युतीय व्यापार महासंघले जनाएको छ । संघका अध्यक्ष सुदर्शन पौडेल कोरोनाका कारण व्यवसाय थला पर्दा व्यवसायीहरू मानसिक तनावमा रहेको बताउँछन् ।

यो पनि पढ्नुहोस ‘राष्ट्र बैङ्कको ललिपपले अघाइन्न, ब्याज छुट चाहियो’

‘आय स्रोत बन्द भएर दायित्व बढिरहेको दोहोरो मारको अवस्था छ’, उनी भन्छन्, ‘व्यवसायीहरू कामदारको तलब, घरभाडा, बैङ्क ब्याज कसरी चुक्ता गर्ने भन्ने मानसिक तनावमा छन् ।’

बजार खुल्यो भने पनि चालु पुँजी कसरी जुटाउने भन्ने चिन्ता रहेको उनले बताए । देशभर विद्युतीय सामग्री उत्पादन गर्ने साना ठूला ६२ भन्दा धेरै उद्योग सञ्चालनमा छन् । यसका अलवा वार्षिक ८० अर्ब रुपैयाँभन्दा बढीको विद्युतीय सामग्री नेपालमा आयात हुन्छन् ।

कोरोनाको मारमा परेका मझौला उद्योगहरूमा हस्तकला क्षेत्र पनि प्रमुख हो । सवा महिनादेखि बन्द रहेको यो व्यवसायले झण्डै २० अर्बको व्यापार गुमाउने आकलन नेपाल हस्तकला संघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यको छ ।

एक्कासीको लकडाउनका कारण पुरानो अर्डर पनि प्रभावित भएको उनले बताए । देशभर तीन सय ४० व्यवसायी हस्तकला उद्यममा क्रियाशील छन् भने यस क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष गरेर ११ लाख मानिस आश्रति रहेको अध्यक्ष शाक्य बताउँछन् ।

नेपाल भ्रमण वर्षलाई लक्षित गरी बढाइएको लगानी र थपिएका रोजगारी कोरोनाले धरापमा पारेको बताउँदै उनी भन्छन्, ‘१० अर्ब रुपैयाँँ बराबरको विदेशी मुद्रासहित २० अर्बको व्यापार गुमाएका छौँ ।’

गहिरिँदो संकटले गर्दा केही वर्षका लागि यस क्षेत्रले उत्पादनसहित श्रम र दक्ष जनशक्तिसमेत धान्न नसक्ने अवस्था आइलागेको शाक्यले बताए । कुनै एक क्षेत्र मात्र नभई कोरानाका कारण सिङ्गो औद्योगिक वातावरण तहसनहस बन्न पुगेको उनी बताउँछन् ।

साना तथा मझौला उद्योगको अवस्था

औद्योगिक व्यवसाय ऐन २०७३ ले १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको उद्योगलाई साना उद्योग मानेको छ । उद्योग विभागका अनुसार देशभर ९० अर्ब ४३ करोड कुल पुँजीमा पाँच हजार दुई सय पाँच वटा साना उद्योग सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment