+
+

चस्मा लगाएर संसदमा छिर्न नपाइने ! कलम, डायरी र औषधि पनि निषेधित

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २५ गते १२:३६

२५ वैशाख, काठमाडौं । कोरोना संक्रमणको जोखिमका बीच सुरु हुन लागेको बजेट अधिवेशनमा चस्मा लगाएर जान नपाइने भएको छ । संसद सचिवालयले कलम, डायरी र औषधिसमेत संसदभित्र लैजान निषेध गरेको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कोरानाबाट जोगिनका लागि चस्मा अनिवार्य लगाउनुपर्ने बताएका थिए । तर, शुक्रबार बेलुका ४ बजेदेखि सुरु हुने संसद अधिवेशनमा भने  चश्मालाई निषेधित वस्तुको सूचीमा राखिएको छ ।

विशिष्ट व्यक्ति, संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका प्रमुख र पत्रकार तथा दर्शकदीर्घामा लागि छुट्टाछुट्टै प्रवेशद्वार छन् । त्यहाँ निषेधित वस्तुहरुको सूची टाँस गरिएको छ ।

सूचीमा कलम, डायरी, झोला, चस्मा, चाबी, सिक्का, चार्जर, छाता, लठ्ठीसमेत साथमा राख्न नपाइने उल्लेख छ ।

पत्रकारहरुले डायरी र कलम नै बोक्न नपाउने अचम्मको नियम संसद सचिवालयले बनाएको छ । चस्मा र औषधिसमेत निषेध गरिएकाले दृष्टि कमजोर भएका र नियमित औषधि खानेहरु पनि मर्कामा पर्ने देखिएको छ ।

संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले भने असावधानीबस त्यस्तो हुन गएको र सूचीलाई सच्याउने बताए । सच्चिएर कस्तो सूची आउने हो, हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?