+
+
Shares

कपिलवस्तुमा दुई जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित १०१ पुग्याे

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २६ गते ५:५३

२५ वैशाख, काठमाडौं । कपिलवस्तु जिल्लामा दुई जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य  छ ।

तथ्यांकमा काेराेना - नेपाल

पीसीआर६४७८८१
आरडीटी३१२४०२
आइसोलेसनमा१५२७३
संक्रमित २५५२९
निको भएको२००७३
मृत्यु१८३
क्वारेन्टिनमा९४४८८
अपडेटः २०७७ भदाै ११ । स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा पहिलो पटक माघ ९ मा कोरोना संक्रमणको पुष्टि भएको थियो । दोस्रो केस १० चैतमा देखियो, जुन बढेर अब १०१ पुगेको छ । उनीहरूमध्ये १९ जना निको भएर घर फर्किएका छन् । निको भइसकेका तीन जनाको पुनः पोजेटिभ आएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर अहिले पनि एक सय ३३ जना चिकित्सकीय निगरानीमा छन् भने १७ हजारबढी क्वारेन्टाइनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?