Comments Add Comment

बाँकेमा कोरोना संक्रमितको सम्पर्कमा रहेका ६५० को नमुना संकलन

थप ३४ जनाको कोरोना रिपोर्ट पनि 'नेगेटिभ'

२६ वैशाख, बुटवल । एउटै टोलका २३ जनामा कोरोना संक्रमण भेटिएको बाँकेको नेपालगञ्जमा संक्रमितको सम्पर्कमा रहेका व्यक्तिमध्ये थप ३४ जनाको स्वाब परीक्षणको रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको आरटी पीसीआर परीक्षणमा नेपालगन्ज उपमहानगरपालिका-८ जोलाहनपुरवाका ३४ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

नेपालगञ्ज-८ का ६० वर्षीया पुरुषमा पहिलोपटक कोरोना पोजेटिभ देखिएपछि उनीसँग सम्पर्क भएकाहरूको सोही वडामा पहिलो चरणको परीक्षणमा १५ जना  र त्यसपछि ७ गरी कुल २२ जनामा कोरोना संक्रमण भेटिएको थियो ।

उनीहरू सबैको सम्पर्कमा रहेका व्यक्तिहरूको पहिचान गरी स्वाब परीक्षण गर्दा बुधबार ३४ जनाको र बिहीबार पनि ३४ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोभिड-१९ फोकलपसर्न नरेशमान श्रेष्ठले जानकारी दिए ।

बिहीबार संक्रमितको सम्पर्कमा रहेका थप एक सय ५२ जनासहित हालसम्म कुल छ सय ५० जनाको नमुना संकलन गरिएको उनले बताए । संकलित नमुनामध्ये थप ३४ जनाको स्वाब परीक्षण भइरहेको र एक सय १६ जनाको परीक्षण गर्न बाँकी रहेको उनले बताए ।

नेपालगञ्ज-८ स्थित अन्सारी मस्जिदका ६० वर्षीय मोअज्जीन (नमाज पढाउने व्यक्ति) मा संक्रमण पुष्टि भएपछि पूरै टोल सिल गरेर पहिलो चरणमा ९० जनाको स्वाब संकलन गरिएको थियो । उक्त ९० जनाको स्वाब परीक्षण गर्दा २२ जनामा कोरोना भेटिएको थियो ।

दोस्रो चरणमा फेला परेका १५ जनाको कन्ट्याक्ट ट्रेसिङ गरी मंगलबार ५६ जनाको स्वाब संकलन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment