Comments Add Comment

भारतले क्वारेन्टाइनबाट निकाल्यो, सीमामा एसएसबीले कुटे

२७ वैशाख, कैलाली । भारतको उत्तराखण्डस्थित क्वारेन्टाइनबाट नेपालीहरूलाई निकालिएको छ । उत्तराखण्डस्थित रुऽपुर र काशीपुरका क्वारेन्टाइनबाट १४ दिन बसेका डेढ सय बढी नेपाली निकालिएका हुन् ।

उनीहरू झण्डै एक सय १५ किलोमिटर पैदल हिडेर शुक्रबार राति नेपाल भारत सीमा क्षेत्रमा पुगेका थिए । त्यहाँबाट भारतीय सीमा सुरक्षा बल -एसएसबी)ले कुटेर लखेटेको डडेल्धुराका पर्शुराम नगरपालिका-१० कुर्मुल्लेका सुशील जोशीले बताए । ‘क्वारेन्टाइनबाट निकालिदिएपछि हिँडेरै सीमासम्म पुग्यौ । त्यहाँ पनि कुटेर लखेटे,’ जोशीले भने, ‘हामी भोकै छौं, हाम्रो उद्धार होस् ।’

नेपाल छिर्न नपाएपछि उनीहरू फेरि १५ किलोमिटर फर्किएर खटिमामा पुगेका छन् । ‘हामीलाई क्वारेन्टाइनमा बस्दा पनि राम्रो गरेनन्’ उनले भने ‘१४ दिन बितेलगत्तै घर जाऊ भन्दै धपाए ।’

यसरी निकालिएकामध्ये धेरै सुदूरपश्चिम प्रदेशका छन् भने कणर्ाली प्रदेशका ११ जना छन् । जाजरकोटको जुनिचाँदे गाउँपालिकाका ९ जना र कालीकोटमा दुई जना छन् । ‘भारतले हामीलाई धपायो । नेपालले ल्याउन चासो दिएको छैन’ जाजरकोटका दिनेशबहादुर बस्नेतले भने, ‘हामी घर न घाटका भएका छौं ।’

सरकारले निर्णय नगरी ल्याउन सक्दैनौं : प्रजिअ

लकडाउन लागु भए लगत्तै नेपाल र भारतका अधिकारीहरू जो जहाँ छन्, त्यही बस्ने र सीमामा आइपुगेकाहरुलाई पनि त्यही देशले क्वारेन्टाइनमा राख्ने सहमति भएको थियो । तर, झण्डै दुई महिना क्वारेन्टाइनमा बस्दा पनि उद्धार भएको छैन । बरु नेपाली नागरिकहरूमाथि अमानवीय व्यवहार हुन थालेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले भने अलपत्र नेपालीलाई उद्धार गर्न नसकिने बताएका छन् । सरकारले निर्णय गरेर ल्याउने निर्देशन दिएपछि मात्रै उनीहरूको उद्धार हुने बताए । ‘हामीले पहल गरेर ल्याउन सक्दैनौं । सरकारले नेपाल प्रवेश गर्न दिने निर्णय गरे हामीले व्यवस्थापन गर्छाैं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment