Comments Add Comment

६ काइदा : गर्मीमा घरलाई यसरी शीतल बनाउन सकिन्छ

गर्मीको राप बढ्दै जाँदा घरभित्र बस्न पनि उकुसमुकुस हुन्छ । घर नै बाफिएको जस्तै लाग्छ । यस्तो अवस्थामा घरलाई कसरी खुला राख्ने ? कसरी शीतलता प्रदान गर्ने ?

यी सामान्य काइदा हुन् । तर, निकै उपयोगी हुन सक्छ ।

काइदा एक

जस्तो घर वा कोठामा धेरै सरसामान नराख्ने । खासै प्रयोगमा नआउने सामग्रीहरू स्टोर अर्थात् भण्डारमा थन्को लगाउन सकिन्छ। जस्तो हामी पुराना फर्निचर वा सिरक-डसना, टेबल, र्‍याक आदि राखिरहेका हुन्छौं, जो खासै प्रयोगमा आउँदैन । यस्ता सरसामान हटाउनुपर्छ ।

थोत्रो जुत्ता, काम नलाग्ने भाँडावर्तन, सजावटका सामग्रीहरू हटाउन सकिन्छ । अब घर वा कोठा केही खुला देखिन्छ । कोठामा धेरै सरसामान राख्दा पनि उकुसमुकुस हुने हो ।

काइदा दुई

ताजा हावा आउजाउ गर्ने झ्याल वा भेन्टिलेटर खुला राख्नुपर्छ । तर, धेरै स्थानमा लामखुट्टे र झिङ्गाले दुःख दिने भएकाले झ्यालमा तार-जाली हुनुपर्छ। घरभित्र ताजा हावा आउने ठाउँहरू सुरक्षित ढंगले खुला राख्नुपर्छ ।

काइदा तीन

झ्याल ढोकाको पर्दा, बेडकभर आदिले पनि गर्मी याममा घरलाई भद्दा देखाइरहेको हुन्छ । त्यसैले गर्मी याममा झ्याल ढोकोको पर्दा, बेडकभर आदि परिवर्तन गर्नुपर्छ । कालो वा गाढा रंगको, बाक्लो पर्दा, बेडकभर राख्नु उपयुक्त हुँदैन । उज्यालो रंगको, पारदर्शी पर्दा र बेडकभर राख्नुपर्छ ।

काइदा चार

घरभित्र वा कोठामा राख्न मिल्ने कतिपय वनस्पति हुन्छन् । जसले घरलाई आकर्षक देखाउनका साथै गर्मीमा शीतलता महसुस पनि गराउँछ । त्यस्ता वनस्पतिहरू सुहाउँदो ढंगले राख्न सकिन्छ । घरमा साना बच्चा छन्, कुकुर पाल्नुभएको छ भने त्यसलाई अझ सुरक्षित ठाउँमा राख्नुपर्छ ।

काइदा पाँच

विद्युतीय उपकरणहरू टेलिभिजन, कम्प्युटरलगायत अनावश्यक रुपमा प्रयोग नगरौं । यस्ता उपकरणहरूले पनि घरभित्र गर्मी बढाइरहेको हुन्छ ।

काइदा छ

यतिबेला घर बाहिर झार उम्रन्छ । त्यस्ता झारहरू उखेल्ने वा सफा गर्न सकिन्छ । पानी जम्ने खाल्डो वा घरभित्रका फोहोरलाई खाल्डो खनेर पुर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment