Comments Add Comment

चीनमा अप्रिल २८ यताकै सबैभन्दा धेरै संक्रमित

२८ वैशाख, काठमाडौं । चीनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का १४ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या गत अप्रिल २८ यताकै सबैभन्दा बढी हो ।

चीनको नेसनल हेल्थ कमिसनले आइतबार दिएको जानकारीअनुसार १४ मध्ये दुई जना विदेशबाट आएका मानिस हुन् । बाँकी १२ जना स्थानीय संक्रमित हुन् । भेटिएका नयाँ संक्रमितमध्ये ११ जना उत्तरपश्चिमी प्रान्त जिलिनका हुन् ।

यस्तै, चीनमा विनाकुनै लक्षणका २० नयाँ संक्रमित भेटिएका छन् । चीनले  लक्षणका लक्ष्ण नभएका यस्ता संक्रमितलाई गणना गर्ने गरेको छैन । यो संख्या पनि १ मे यताकै सबैभन्दा धेरै हो ।

चीनमा समग्र संक्रमितको संख्या ८२ हजार नौ सय एक पुगेको छ । साथै अहिलेसम्म कोरोना भाइरसका कारण चार हजार ६३३ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै ७८ हजार एक सय २० संक्रमित निको भएर घर फर्किसकेका छन् । चीनमा अब केवल १४८ जना बिरामी निको हुन बाँकी छन् । जसमध्ये १३ जनाको अवस्था गम्भीर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment