Comments Add Comment

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ सय नाघ्यो

२८ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट भारतमा मृत्यु हुनेको संख्या दुई हजार १०९ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा संक्रमित हुनेको संख्या पनि ६२ हजार ९३९ पुगेको छ ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म सबैभन्दा बढी २० हजार २२८ जना संक्रमित पुगेका छन् भने यो राज्यमा अहिलेसम्म ७७९ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

गुजरातमा अहिलेसम्म सात हजार सात सय ९६ जना संक्रमित फेला परेका छन् । गुजरातमा यो भाइरसबाट मृत्यु हुनेको संख्या ४७२ पुगेको छ । मध्यप्रदेशमा अहिलेसम तीन हजार ६१४ जना संक्रमित हुँदा दुई सय १५ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै पश्चिम बंगालमा अहिलेसम्म एक हजार ७८६ जना संक्रमित भइसकेका छन् भने एक सय ७१ जना मानिसको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा अहिलेसम्म तीन हजार ३७३ जना संक्रमित भेटिँदा ७४ जनाको मृत्यु भएकोृ छ । बिहारमा अहिलेसम्म पाँच सय ९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने पाँचजनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा १९ हजार ३५८ संक्रमित निको भएर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment