Comments Add Comment

खेतमै कुहिन थाल्यो तर्बुजा

२८ वैशाख, वीरगञ्ज । सिरहा, महोत्तरी तथा रौतहट जिल्लाका किसानले व्यावसायिक रूपमा खेती गरेका तर्बुजा बजारसम्म पुर्याउन नसक्दा समस्यामा परेका छन् ।

कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी जारी रहँदा ती जिल्लाका करिब रु. पाँच करोड मूल्यबराबरको खर्बुजा खेतमै कुहिएको बताइएको छ ।

सिरहा नगरपालिका–१७ का करिब ५ सय भूमिहीन किसानले कमलानदीको बगरमा करिब ५०० व्यावसायिक रुपमा तरकारी तथा तर्बुजा खेती गर्दै आएकामा थिए । लकडाउनका कारण बजारसम्म लैजान नसक्दा सो जिल्लामा करिब रु २ करोडभन्दा बढीको क्षति भएको किसान कारिचरण सदाले जानकारी दिए ।

उनी भन्छन्, ‘ऋण काढेर कमलानदीको बगरमा हरियो तरकारी तथा तर्बुजाको खेती गरेका थियौं । बजारसम्म लैजान नसक्दा ऋण पनि थपियो । परिश्रम पनि खेर गयो ।’

बेमौसमी वर्षा र लकडाउन जारी रहँदा उत्पादित तरकारी बजारसम्म लान नसक्दा किसान मिहनत खेर गएको छ । प्रदेश नं २ सरकारले त्यस्ता किसानको पहिचान गरी क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ ।

महोत्तरी जिल्लाको उत्तरी भेग भंगहा, गौशाला, बलुवा, लोहारपट्टिलगायत गाउँका किसानले सयौं बिघामा व्यावसायिक रुपमा लगाएका तर्बुजासमेत बजारसम्म पुर्याउन नसक्दा समस्यामा परेका बताइएको छ ।

पाकेको तर्बुजा बजारसम्म पुर्याउन नसक्दा आर्थिक मारमा परेको गौशालाका किसान हजारी साहले गुनासो गरे । उनले लकडाउन अझै थपिए किसानले उत्पादन गरेको तर्बुजा खेतमा सड्ने र परिश्रम र लगानी खेरजाने बताए ।

तर्बुजा स्वास्थ्यको दृष्टिकोणले ज्यादै फाइदाजनक मानिन्छ । उत्पादित तर्बुजा बजारसम्म जान नसकेको अर्का किसान रामकृष्ण यादवको गुनासो छ । यहाँ उत्पादित तर्बुजा स्थानीय बजार, काठमाडौं, हेटौंडा, वीरगञ्ज, नारायणगढ, नेपालगञ्ज, गोलबजार सिरहा, धरान, विराटनगरसम्म जाने गर्दथ्यो ।

रौतहट जिल्लामा उत्पादित तर्बुजा बजारसम्म पुर्याउन नसक्दा क्षति बेहोर्नुपरेको किसानले गुनासो गरेका छन्। यसवर्ष डेढ बिघामा तर्बुजा खेती गगरेका स्थानीय जिँगडियास्थित किसान राजाराम साहले भने, ‘अघिल्लो साल तर्बुजा बिक्रीबाट राम्रो आम्दानी गरेको तर यो वर्ष लकडाउनपछि बजारसम्म पुर्याउन नसकेका कारण घाटा व्यहोर्नु पर्यो ।’

बैंकबाट रु चार लाख ५० हजार ऋण लिएर सो खेतीमा लगानी गरेको तर यो वर्ष समयमै बजार पुर्याउन नसकेका कारण गोदाम तथा खेतबारीमै कुहिन थालेको भन्दै उनले चिन्ता व्यक्त गरिन् ।

यसपटक उत्पादन भएको १० क्विन्टलभन्दा बढी तर्बुजा गोदाममै रहेको उनको भनाइ छ । प्रतिकट्ठा १५ क्विन्टलसम्म तर्बुजा फलेको भए पनि लकडाउनका कारण बजार नपाउँदा आर्थिक भार व्यहोर्नु परेको उनले दुखेसो गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment