Comments Add Comment

दुग्ध पदार्थ ढुवानीमा टाइम कार्ड हटाउन माग

२८ वैशाख, काठमाडौं । दुग्ध पदार्थ बिक्रिवितरण गर्ने सवारी साधनमा टाईमकार्ड लागू नर्गन व्यवसायीले माग गरेका छन् । निजी क्षेत्रका दूग्ध व्यवसायीहरुको संस्था नेपाल डेरी एशोसिएसनले आईतबार एक विज्ञप्ति जारि गर्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

टाइमकार्डको व्यवस्थाले ढुवानी खर्च बढ्ने भन्दै व्यवसायीहरुले पानी र औषधीलाई जस्तै दूग्ध पदार्थ विक्रिको वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ ।  घाटा सहेर पनि लकडाउन अवधिमा पनि बिना रोकतोक सञ्चालित दूध तथा दुग्धजन्य पदार्थको ढुवानीमा टाईमकार्ड लागू गर्नु व्यवहारिक नहुने व्यवसायीहरुको भनाइ छ ।

ट्राफिक प्रहरीले आइतबारदेखि काठमाडौं उपत्याकामा टाइमकार्डको नियम लागू गरेको थियो । जसअनुसार अत्यावश्यक वस्तु बोकेका सवारी साधन बिहान १० बजेसम्म मात्रै सञ्चालन गर्न पाईने बताइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment