+

अफगानिस्तानी क्रिकेटरलाई ६ वर्ष प्रतिबन्ध

२०७७ वैशाख  २९ गते ७:३२ २०७७ वैशाख २९ गते ७:३२
अफगानिस्तानी क्रिकेटरलाई ६ वर्ष प्रतिबन्ध

२९ वैशाख, काठमाडौं । अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान शफिकउल्लाह शफिकलाई क्रिकेट खेल्नबाट ६ वर्षको प्रतिबन्ध लागेको छ ।

अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले म्याच फिक्सिङको आरोप लागेका शफिकलाई म्याच फिक्सिङ पुष्टि भएपछि सबैखाले क्रिकेटबाट ६ वर्षको प्रतिबन्ध लगाएको हो ।

शफिकउल्लाहले सन् २०१८ को अफगानिस्तान प्रिमियर लिग र सन् २०१९-२० को बंगलादेश प्रिमियर लिगमा म्याच फिक्सिङ गरेको आरोप स्विकारेपछि यस्ताे निर्णय गरेको बोर्डले जनाएको छ ।

उनले अफगानिस्तान प्रिमियर लिगमा नानगरघर लियाेपार्ड्स र बंगलादेश प्रिमियर लिगमा सिल्हेट थण्डरबाट खेलेका थिए ।

अफगानिस्तान क्रिकेट बोर्डले शफकलाई घरेलु क्रिकेटमा नतिजाका लागि गरेको मिलेमहतो, नतिजा उल्टाउन घुस लिएको, म्याच फ़िक्सिङ गर्नका लागि आफ्नो खेलाडीलाई पनि समावेश गरेकाे खेल मिलेमतोको विषयमा बोर्डलाई जानकारी नगराएको आराेप लगाएकाे छ ।

सन् २००९ मा अफगानिस्तानकाे लागि डेब्यु गरेयता उनले २४ एकदिवसीय र ४६ वटा टी २०खेल खेलेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय