Comments Add Comment

बच्चाका लागि उपयोगी हुन सक्छ यी सरसामान

कतिपय दम्पतीको घरमा यतिबेला खुसी भित्रिएका होलान् । हुन सक्छ, उनीहरूले पहिलो सन्तानलाई घरमा स्वागत गरे । बच्चाको आमाबुबा बन्नु नित्तान्त फरक अनुभूति हुन् । धेरै खुसी, केही द्विविधा । कताकता डर पनि । एक किसिमको रोमाञ्चकताले भरिन्छ दम्पतीको हृदय ।

पहिलो सन्तान हुर्काउन त्यति सहज भने नहुन सक्छ। अझ एकल परिवारमा बसेका दम्पतीका लागि । शिशुलाई कसरी सुताउने, कसरी दूध चुसाउने, कसरी नुहाउने, कसरी सरसफाइ गरिदिने इत्यादि कुरामा उनीहरू अनभिज्ञ हुन सक्छन् ।

हुन त अहिलेका दम्पतीले युट्युबलगायत विभिन्न माध्यमबाट पनि यी कुराको जानकारी हासिल गर्न सक्छन् । साथै, आफूभन्दा अनुभवीको कुरा पनि सुन्न सक्छन् । अतः घरमा नयाँ सदस्यलाई स्वागत गरेसँगै केही सामग्री जोहो गर्नुपर्छ । खासगरी  शिशुलाई आवश्यक केही सामग्रीको सूची यहाँ पेश गरिएको छ, जुन बजारमा उपलब्ध हुन्छ ।

ब्रेस्ट पम्प

आफ्ना शिशुलाई दूध चुसाउने समय तालिका मिलाउन नसक्दा वा कुनै कारणवश बाहिर निस्कनुपर्दा के गर्ने ? दूध त दिनैपर्छ । यसका लागि एउटा विकल्प हुन सक्छ, ब्रेस्ट पम्प । यसबाट आमाको दूध स्टोर गर्न सकिन्छ । बच्चालाई चाहेको अवस्थामा दूध चुसाउन सकिन्छ ।

फोल्डेबल बाथटब

पहिलो सन्तानका आमालाई गाह्रो हुने एउटा काम हो, शिशुलाई नुहाउने । यसका लागि फोल्डेवल वाथटप उपयुक्त हुन सक्छ । यो निकै सुविधायुक्त हुने भएकाले शिशुलाई नुहाउन सहज हुन्छ । त्यसो त आफू जहाँ गएपनि यसलाई आफूसँगै बोक्न सकिन्छ । दुई वर्षसम्मका बच्चाका लागि फोल्डेवल बाथटप उपयोगी हुन्छ ।

प्राइम कम स्ट्रोलर

यात्रा गर्दा बच्चालाई यसमा राखेर हिंड्न निकै सजिलो हुने साधन हो । यदि तपाईं किनमेलमा व्यस्त हुनुहुन्छ भने आफ्नो बच्चालाई स्ट्रोलरमा राखेर आफ्नो जरुरी काम गर्न सक्नुहुन्छ । यदि तपाईं बाहिर घुम्न जाँदै हुनुहुन्छ भने प्राइम कम स्ट्रोलर तपाईंका लागि अति सुविधाजनक हुन्छ । यसलाई खरिद गरेको बखत केही कुरामा ध्यान दिनु आवश्यक छ । यसलाई किन्दा सिटबेल्ट, लक, ब्रेक, किनारा आदिलाई राम्रोसँग हेर्नुपर्छ ।

टोडलर बुस्टर

टोडलर बुस्टर सिटहरू शिशुलाई सुरक्षित राख्नका लागि उपयोगी हुन सक्छ । खासगरी घर बाहिर यात्रा गर्दाको समयमा आफ्नो बच्चालाई सुरक्षित राख्न अति नै आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment