Comments Add Comment

‘गुलाबो सिताबो’को डिजिटल रिलिजमा खुशी छैनन् अमिताभ र आयुष्मान

लक डाउन लम्बिदै गएपछि बलिउडका मेकरहरुले डिजिटल माध्यमबाट चलचित्र रिलिज गर्न थालेका छन् । अहिले मानिसहरुमा घरमै बसेर चलचित्र हेर्ने बानीको विकास हुँदैछ । यसले, मेकरले पनि तत्काल आफ्नो लगानीको मुनाफा पाउने अवस्था सिर्जना भैरहेको छ । यसैले पनि केही ठूला बलिउड मेकरहरु पनि डिजिटल रिलिजमा आकर्षित भैरहेका छन् ।

अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र ‘लक्ष्मी बम’ मात्र होइन, सलमान खानको मुख्य भूमिका रहेको चलचित्र ‘राधे’को निर्माता पनि डिजिटल विक्रीका लागि आकर्षित छन् ।

निर्देशक सुजित सिरकारको निर्देशनमा तयार भएको चलचित्र ‘गुलाबो सिताबो’ पनि डिजिटल प्लेटफर्मबाट रिलिज हुने भएको छ । निर्माताले हलसम्म चलचित्र रिलिजको लागि पर्खन नसकेका हुन् । यसबाट निर्माताले राम्रै रकम पाएका छन् ।

तर, डिजिटल रिलिजको निर्णयमा चलचित्रका मुख्य नायक अमिताभ बच्चन र आयुष्मान खुराना भने खुशी छैनन् । उनीहरु, लक डाउन खुलेर अवस्था सामान्य हुने अवस्थासम्म पर्खिनुपर्ने सोचाइमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment