+
+
Shares

नेपालको भूमि मिचिएकोप्रति डीएलएको भर्त्सना

रासस रासस
२०७७ वैशाख २९ गते १३:११

२९ वैशाख, काठमाडौं । नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए) ले भारतले नेपाली भूमि लिपुलेकलगायत क्षेत्र मिचेर सडक निर्माण गरेको कार्यको निन्दा र भर्त्सना गरेको छ ।

सुगौली सन्धिले नै उक्त भूभाग नेपालको हो भनी स्वीकारेको विषयमा भारतले एक पक्षीय रुपमा नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि नै हस्तक्षेप गरी नेपाली भूमिमा सडक निर्माण गर्नु भारतको हेपाहा प्रवृत्ति भएको डीएलएको टिप्पणी छ ।

डीएलएका महासचिव लक्ष्मीदेवी दाहाल रावलले विज्ञप्तिमार्फत यस विषयमा सरकार संवेदनशील भएर कूटनीतिक पहललगायत जुनसुकै कदम चाली यथाशीघ्र मिचिएको नेपाली भूमि फिर्ता ल्याएर मुलुकको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई अक्षुग्ण राख्न माग गरेकी छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?