Comments Add Comment

कोरोनाविरुद्ध चीनमा सतर्कता– विद्यार्थीको हातमा ब्रासलेट, बजारमा क्यामेरा

२९ वैशाख, काठमाडौं । चीनमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लगाइएको लकडाउनपछि अहिले विद्यालयहरु पुनः खुलेका छन् । विद्यालय खुलेसँगै विद्यार्थीहरुमा कोरोनाको संक्रमण हुन नदिन सतर्कता बढाएइएको छ ।

चीनका स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार, चीनले सबै विद्यार्थीलाई ज्वरो नाप्ने ब्रासलेट दिएको छ । जसलाई विद्यार्थीहरूले घडीजस्तै हातमा लगाउने गरेका छन् ।

उक्त ब्रासलेट लगाएपछि विद्यार्थीका आमाबुबा र शिक्षकले एक एपको माध्यमबाट आफ्नो बच्चालाई ज्वरो छ कि छैन भन्ने कुराको निगरानी गर्न सक्छन् । अहिले चीनको राजधानी सहर बेइजिङका विद्यालयहरूले यो परीक्षण थालेका छन् ।

कुनै विद्यार्थीलाई ज्वरो देखिएमा विद्यालयले तत्कालै यसबारे निर्णय लिने गरेका छन् ।

ग्लोबल टाइम्सका अनुसार, विद्यार्थीहरूलाई उक्त ब्रासलेट चौबीसै घण्टा लगाउन भनिएको छ ।

कोरोना भाइरसको इपिसेन्टर चीनले केही सर्त र प्रतिबन्धका साथमा विद्यालय खोल्ने निर्णय गरेको हो । चीनले केही सार्वजनिक स्थलहरुमा थर्मल क्यामेरा पनि राखेको छ । यसका साथै बजार गइरहेका मानिसहरुका लागि पनि एक एप तयार गरिएको छ, जसले उनीहरुमा संक्रमित हुने सम्भावना कत्तिको छ भन्ने कुराको जानकारी दिन्छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment