+
+
Shares

मर्यादाविपरीत गतिविधि गरेको आरोपमा स्पा तथा मसाज सेन्टरबाट १४ जना पक्राउ

व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि सञ्चालन गरेको आरोपमा काठमाडौंका विभिन्न स्पा तथा मसाज सेन्टरबाट १४ जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १३ गते १८:१४

१३ मंसिर, काठमाडौं । व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि सञ्चालन गरेको आरोपमा काठमाडौंका विभिन्न स्पा तथा मसाज सेन्टरबाट १४ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विभिन्न स्पा तथा मसाज सेन्टरमा अनुगमन तथा जाँच गर्ने क्रममा गैरकानुनी गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा रामेछापकी २९ वर्षीया पार्वती श्रेष्ठ, नुवाकोटकी २६ वर्षीया सुवु गुरुङ, खोटाङकी २५ वर्षीया चन्द्र बस्नेत, भोजपुरकी ३० वर्षीया पार्वती खत्री र नवलपरासीकी २० वर्षीया पूर्णिमा भोटे रहेका छन् ।

त्यस्तै, काभ्रेपलाञ्चोककी २४ वर्षीया पबिना खड्का, दोलखाकी ३१ वर्षीया अनु तामाङ, रामेछापकी २३ वर्षीया कविता मगर, रामेछापकै २१ वर्षीया सविता बोहरा, झापाकी ३३ वर्षीया अम्बिका कार्की र नुवाकोटकी २१ वर्षीया शर्मिला गिरी पनि पक्राउ परेका छन् ।

यसैगरी धादिङका २० वर्षीया रोसनी भुजेल, ३० वर्षीया मिना भुजेल र बंगलादेशका ३८ वर्षीय मसुद राना पक्राउ परेका छन् ।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?