
३० वैशाख, काठमाडौं । न्युजिल्याण्डले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आएसँगै मुलुकमा लगाइएको लकडाउन थप खुकुलो पार्ने निर्णय गरेको छ ।
न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले लकडाउन थप खुकुलो पार्ने निर्णय गरेकी हुन् । यससँगै मुलुकमा खुद्रा पसल, सिनेमा हल, खेल मैदान र जिम खुल्न लागेका छन् ।
यद्यपि, भौतिक दुरीको नियम भने यसअघिको जस्तै कायम रहनेछ । न्युजिल्याण्डमा मे १८ देखि सामान्य रुपमा विद्यालय खुल्नेछन् भने मे २१ देखि बार पनि खुल्नेछन् ।
मंगलबार न्युजिल्याण्डले दिएको जानकारीअनुसार, पछिल्लो २४ घण्टामा मुलुकमा कुनैपनि कोरोना भाइरसका बिरामी भेटिएका छैनन् । अहिलेसम्म न्युजिल्याण्डमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार चार सय ९७ पुगेको छ भने २१ जनाको भाइरसको कारण मृत्यु भइसकेको छ। अधिकांश संक्रमित निको भइसकेका छन् ।
न्युजिल्याण्डमा अब केवल ७८ संक्रमित निको हुन बाँकी छन् । जसमध्ये दुईजना अस्पतालमा भर्ना भएका छन् । अहिले कुनै पनि संक्रमित आईसीयूमा छैनन् ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4