+
+

जनकपुरका पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३१ गते ११:४३

३१ वैशाख, जनकपुरधाम । वीरगन्जमा दुई जना पत्रकारमा संक्रमण पुष्टि भएको एक दिन नबित्दै जनकपुरधामका अर्का पत्रकारलाई पनि संक्रमण पुष्टि भएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले ४० वर्षीय पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

४० वर्षीय पत्रकारसँगै जनकपुरधामका एक जना पुस्तक व्यवसायी पनि संक्रमित भेटिएका छन् । ती दुवै जनालाई प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको प्रजिअ निरौलाले बताए ।

ती पत्रकार मुटुको बिरामी हुन् । उनले आफू जनकपुरभन्दा बाहिर कतै नगएको बताए । उनले आफू कार्यरत संन्चार संस्थाको कार्यालय र पत्रकार महासंघको कार्यालयमात्र आउ-जाउ गर्ने गरेको बताए ।

यसअघि मंगलबार वीरगञ्जका दुई जना पत्रकारलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । वीरगञ्जका दुवै पत्रकारको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?