+
+
Shares

कांग्रेसले भन्यो- विदेशमा अप्ठ्यारोमा परेकालाई स्वदेश फर्काऊ

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३१ गते १६:४३
Photo Credit : फाइल तस्वीर
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा ।

३१ वैशाख, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश ल्याउन सरकारलाई आग्रह गरेको छ ।

विदेशमा अप्ठ्यारामा परेका श्रमिक, पढाइ बन्द भएर बसेका विद्यार्थी, तीर्थयात्रा बन्द भएर अलपत्र परेका नागरिक, आफन्त भेट्न जाँदा रोकिएका नागरिकलाई सरकारले उद्धार गर्नुपर्ने  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

बुधबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले भारतीय सीमामा अलपत्र रहेका नेपालीलाई समेत स्वदेश ल्याएर क्वारेन्टाइनमा राख्न आग्रह गरे ।

कांग्रेसले कोरोना संक्रमणको परीक्षण, संक्रमितको कन्ट्याक ट्रेसिङ र उपचार प्रभावकारी बनाउन आग्रह गरेको छ ।

सरकारले कोरोना संक्रमण परीक्षण गर्न देशभर प्रयोगशाला विस्तार गर्नु सकारात्मक भएको तर स्वास्थ्य सामग्रीको आयात अपारदर्शी र ढिलो भएको प्रवक्‍ता शर्माले बताए ।

सुरक्षाकर्मी र पत्रकारको परीक्षण गर

कांग्रेसले सुरक्षाकर्मी र पत्रकारको कोरोना संक्रमण परीक्षण गर्न पनि माग गरेको छ । कोरोना नियन्त्रणका लागि अग्रभागमा रहेर काम गर्ने सुरक्षाकर्मी र समाचार संकलन गर्ने पत्रकारको कोरोना परीक्षण गर्नुपर्ने शर्माले बताए ।

‘सुरक्षाकर्मी र पत्रकारमा पनि एकै दिन संक्रमण देखिएको छ । उहाँहरुको परीक्षणलाई व्यवस्थित गर्न अपिल गर्न चाहन्छौं’ शर्माले भने, ‘उहाँहरुलाई आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामाग्रीको व्यवस्था गर्न पनि अपिल गर्न चाहन्छौं ।’

उनले र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट गरिने कोरोना एन्टीबडी परीक्षणमा शंका उत्पन्न भएकाले त्यसलाई रोक्न माग गरेका छन् ।

सरकारको विपद व्यवस्थापन कोषमा पहिले नै डेढ अर्ब रुपैयाँ भन्दा बढी रकम रहेको र अहिले कोरोना रोकथाम कोषमा ३ अर्ब रुपैयाँ जम्मा भइसकेको भन्दै उनले त्यसलाई स्थानीय तहमार्फत राहतमा प्रयोग गर्न सुझाव दिए ।

शर्माले वेरोजगार र विद्यार्थीलाई राहत उपलब्ध गराउन आग्रह गरे । कोरोना महामारी र लकडाउनका कारण व्यवसायीसमेत संकटमा परेका भन्दै कांग्रेसले बैंक ब्याजदर घटाउन वा मिनाहा गर्ने सहुलियत दिन पनि माग गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?