+

फिफा दी बेस्ट अवार्ड रद्द

२०७७ वैशाख  ३१ गते १६:४५ २०७७ वैशाख ३१ गते १६:४५
फिफा दी बेस्ट अवार्ड रद्द

३१ वैशाख, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आयोजना गर्ने फिफा दी बेस्ट अवार्ड २०२० रद्द गरेको छ ।

स्पानिस अनलाइन मार्काले फिफाले उक्त अवार्ड समारोह रद्द गर्ने निर्णय गरेको जनाएको छ । अवार्ड समारोह आगामी सेप्टेम्बरमा इटालीको मिलानमा हुने तय थियो । तर, अहिले विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड-१९) महामारीका कारण अब अवार्ड नहुने भएको मार्काले उल्लेख गरेको छ ।

गत वर्ष बार्सिलोनाबाट क्लब फुटबल खेल्ने अर्जेन्टाइन लिओनल मेसीले फिफा बेस्ट अवार्ड जितेका थिए । मेसीसँगै क्रिस्टियानो रोनाल्डो पनि यो अवार्ड पाउने होडमा थिए ।

अब यो वर्ष भने कुनै खेलाडीले यो अवार्ड पाउने छैनन् । फिफाले यसअघि नै विभिन्न अन्तर्राष्ट्रिय फुटबलदेखि उमेर समूहको विश्वकपलगायत प्रतियोगिता स्थगित गरेको छ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय