+
+

क्वारेन्टाइनमा राख्ने डरले छतबाट हामफाल्ने युवकमा कोरोना नेगेटिभ

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३१ गते १८:१६

३१ वैशाख, पोखरा । क्वारेन्टाइनमा राख्ने डरले घरको छतबाट हाम फालेका भारतको कर्नाटकदेखि पोखरा आएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

१२ दिन लगाएर मंगलबार पोखरा आइपुगेका उनलाई क्वारेन्टाइनमा राख्न प्रहरी लिन आउँदा घरको छतबाट हामफालेर भाग्न खोजेका थिए । २१ वर्षका ती युवकमाकोरोना संक्रमण नभएको पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।

सोलुखुम्बुका उनी पोखरा महानगरपालिका वडा नं ८ मा बस्दै आएका थिए । उनी करिब ३ महिनाअघि भारतको कर्नाटक क्षेत्रमा कामका लागि गएका थिए । त्यहाँबाट फर्केर उनी पोखरा आएको खबरसँगै त्रसित बनेका स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी खोज्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?