+
+

सिंगापुरमा क्वारेनटाइनको नियम उल्लंघन गर्ने पाइलटलाई जेल सजाय

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३१ गते १८:४५

३१ वैशाख, काठमाडौं । सिंगापुरमा क्वारेन्टाइनको नियम पालना नगरेको आरोपमा एक अमेरिकी पाइलटलाई चार साताको जेल सजाय सुनाइएको छ । पार्सल र कुरियर कम्पनी फेडएक्सको विमान लिएर ४४ वर्षीय यी पाइलट अप्रिलको शुरुवातमा अष्ट्रेलियाबाट सिंगापुर पुगेका थिए । उनलाई एयरपोर्टमै रहेको होटलमा बस्न निर्देशन दिइएको थियो । तर, उनी रेलबाट सहरको मुख्य क्षेत्रको केही पसलमा गएका थिए ।

सिंगापुरमा बुधबार ६ सय ७५ नयाँ संक्रमित फेला परेका छन् । यससँगै संक्रमितको संख्या बढेर २५ हजार पुगेको छ । यो दक्षिणपूर्वी एसियाका सबैभन्दा बढी हो । सिंगापुरमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

सिंगापुरमा धेरैजसो संक्रमण विदेशबाट मुलुकमा आएर काम गर्ने मानिसमा देखिएको छ । सिंगापुरमा करिब तीन लाख आप्रवासी मजदुर छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?