+
+

लकडाउनमा बैंकलाई फेरि कडाइ, बिहीबारदेखि सीमित कार्यालयमात्र खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३१ गते १९:२४

३१ वैशाख, काठमाडौं । मन्त्रिपरिषदको निर्णयपछि खुल्न थालेका बैंक तथा वित्तीय संस्थाका कार्यालय बिहीबारदेखि फेरि बन्द हुने भएका छन् ।  नेपाल राष्ट्र बैंकले बैंकलाई सीमित शाखा कार्यालयमात्रै खोल्न निर्देशन दिएको छ ।

आइतबारदेखि बैंकहरुले सबै शाखा कार्यालय खोलेर सेवा दिन थालेका थिए । बैंकका कारण पनि सडकमा भीडभाड बढेको गुनासो आएपछि राष्ट्र बैंकले सबै शाखा कार्यालयहरु नखोल्न बैंकहरुलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले अब बैंकका कर्मचारीहरुले परिचय पत्र वा बैंकको चिठी देखाएर आवातजावत गर्न नपाउने जानकारी दिए । सिमित शाखाहरु खोल्नका लागि राष्ट्र बैंकले बुधबार बैंकहरुलाई केही पास वितरण गरेको छ ।

पास लिएर मात्रै बैंकका कर्मचारीहरु आवातजावत गर्न पाउने छन् । ढकालका अनुसार राष्ट्र बैंकले २७ वाणिज्य बैंकहरुलाई २० वटाका दरले पास वितरण गरेको छ भने विकास बैंकहरुलाई १० वटाका दरले पास दिएको छ ।

यसैगरी फाइनान्स कम्पनीहरुलाई ८ वटा र लघुवित्त वित्तीय संस्थाहरुलाई प्रति संस्था ५ वटाका दरले पास वितरण गरिएको ढकालले जानकारी दिए ।

वाणिज्य बैंकका सीईओहरुको संगठन नेपाल बैंकर्स संघले पनि भोलिबाट सबै शाखा कार्यालयहरु नखोल्ने निर्णय गरेको छ । संघका कार्यकारी निर्देशक अनिल शर्माले आवशयकता अनुसार थोरै कर्मचारी राखेर केही शाखाबाट मात्रै सेवा दिने मौखिक निर्णय भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?