+
+
Shares

बाराबाट लागूऔषध गाँजासहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३१ गते १९:५५

३१ वैशाख, जनकपुरधाम । बारा प्रहरीले १३ किलो ५ सय ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

निजगढ नगरपालिका १२ रामाथलीबाट पश्चिम पिलुवातर्फ जाँदै गरेको बा ३३ प ७८७७ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा गाँजासहित दुई जनालाई नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।

पक्राउ पर्नेमा निजगढ नगरपालिका १२ रामथलीकै २६ वर्षीय सागर लामा र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ४० वर्षीय कृष्ण लामा छन् ।

बोरामा राखेर लैजाँदै गरेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिइएको  प्रहरीको भनाइ छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी जयराज सापकोटाले दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषध मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?