+
+
Shares

सर्वदलीय बैठकमा देउवाको सुझाव : सीमा विवादबारे उच्चस्तरमा सार्थक वार्ता गरौं

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३१ गते १९:४६

३१ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भारतसँगको सीमा विवाद समाधानका लागि कुटनैतिक र राजनैतिक रूपमा उच्चस्तरमा पहल गर्न आग्रह गरेका छन् ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा उनले सीमा समस्या समाधानका लागि वक्तव्यवाजीमात्र नगरी उच्च स्तरमा सार्थक एवं परिणाममुखी पहल गर्न आग्रह गरेका छन् ।

देउवाले नेपालका लागि अहिलेसम्ममै सबै भन्दा ठूलो सहयोग राशीसम्बन्धी अमेरिकी सरकारसँग अघिल्लो सरकारले गरेको सम्झौता, एमसीसीलाई अगाडि बढाउन पनि सरकारलाई सुझाव दिएका छन् ।

त्यस्तै देशको समृद्धि, कोरोना विरुद्धको संघर्ष र लिपुलेकलगायतको राष्ट्रियताको विषयमा सरकारले चाल्ने सकारात्मक कदममा  सहयोग गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?