
२ जेठ, बुटवल । नवलपरासी (पश्चिम) को रामग्राम नगरपालिकाको एक क्वारेन्टाइनबाट भागेका भनिएका व्यक्ति मदिरा लिन गएको खुलेको छ ।
रामग्राम नगरपालिकास्थित आदर्श माविको क्वारेन्टाइनमा बसेका दुई/तीन जना युवा बिहीबार साँझ क्वारेन्टाइनस्थलबाट भागेका थिए । उनी बजारबाट मगाएको मदिरा लिन गएको पाइएको रामग्राम नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनरेश रायले जानकारी दिए ।
उनीहरुले साथीमार्फत बजारबाट मदिरा मगाएका थिए । मदिरा लिएर फर्किँदा प्रहरीले देखेपछि भागेका थिए । ‘साथीले मदिरा ल्याइदिएपछि बाहिर निस्किएको बेला सुरक्षाकर्मीले देखेपछि उनीहरु भागेका हुन् रामग्राम नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनरेश रायले भने, ‘१८–१९ वर्षका दुई/तीन जनाले मदिरा मगाएर सेवन गरेको स्वीकार गरे, हामीले आइन्दा त्यसो नगर्न सम्झायौं ।’
क्वारेन्टाइनमा ४९ जना रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4