+
+
Shares

करिब ६०० नेपालीलाई जापान जान दिने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २ गते १९:३७
Photo Credit : फाइल तस्वीर
कोरोनाविरुद्ध लड्न सरकारले गठन गरेको उच्चस्तरीय समन्वय समितिको बैठकमा सहभागीहरू ।

२ जेठ, काठमाडौं । सरकारले लकडाउनका कारण नेपालमा रोकिएका केहीलाई जापान र हङकङ जान दिने भएको छ । उच्चस्तरीय समन्वय समितिको शुक्रबारको बैठकले उनीहरुलाई चार्टर फ्लाइटमार्फत जान दिने निर्णय भएको हो ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीकाअनुसार जापान जान चाहने करिब ६ हजार छन् । ‘तालिम र अध्ययनलगायतका सिलसिलामा जापान रहेका तर अहिले नेपाल आएर बसेका करिव ६०० विद्यार्थी तथा नेपाली नागरिकलाई आवश्यक जाँच पूरा गरेर चार्टर फ्लाइटबाट जान दिने निर्णय भएको छ,’ उनले भने ।

यस्तै हङकङ आइडी भएका तर लकडाउनमा परेकाहरुलाई पनि चार्टर विमानबाट जान दिने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?