+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
0/0
Shares

दुधकोसीसहित सुनकोसी-मरिण डाइभर्सन, माथिल्लो अरुण, तामाकोसी-५ र जगदुल्लाको निर्माण थालिने

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २ गते १८:३४

२ जेठ, काठमाडौं । सरकारले राष्ट्रिय प्रसारणलाइन नपुगेका स्थानीय तहमा सौर्य मिनी ग्रिड बनाउने भएको छ । सरकारले सबैलाई विद्युत सेवाको पहुँच पुर्‍याउने गरी यस्तो घोषणा गरेको छ ।

शुक्रबार सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षमा माथिल्लो तामाकोसी आयोजनाको निर्माण सकाउने घोषणा पनि गरिन् ।

यसैगरी देशभित्रै अधिकतम् विजुली खपत गर्ने र बढी भएको विजुली भारतमा बेच्ने सरकारको नीति छ । त्यसैअनुसार देशका राष्ट्रिय प्रसारणलइन नपुगेका र स्तरयि ग्रामीण विद्युतीकरण नभएका स्थानमा विद्युतीकरणका आयोजनाहरु सञ्चालन गरिने भएको छ ।

बुढीगण्डकी र पश्चिम सेती आयोजनाको निर्माण पनि थाल्ने नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारले आगामी वर्ष दूधकोसी, सुनकोसी-मरिण डाइभर्सन, माथिल्लो अरुण, तामाकोशी-५ र जगदुल्ला आयोजनाको निर्माण थाल्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?