Comments Add Comment

आईपीएल नभए बीसीसीआईलाई चार सय करोड घाटा : गांगुली

३ जेठ काठमाडौं । भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गांगुलीले इन्डियन प्रिमियर लिग आईपीएल यस वर्ष हुन नसके बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)ले ४ सय करोड गुमाउने बताएका छन् ।

आईपीएल २०२० कोरोनाभाइरस महामारीले गर्दा अनिश्चित रुपमा स्थगित भएको छ । आइपीएल सुरु गर्ने ओरिजिनल मिति २९ मार्च भए पनि कोरोनाले गर्दा उद्घाटन मिति १५ अप्रिललाई सारेको थियो । तर कोरोनाको संक्रमण कायम रहेकोल भारत लकडाउनमा रहेकोले बीसीसीआईले आईपीएल अनिश्चितकालका लागि स्थगित गरेको हो ।

गागुलीले अहिले आर्थिक अवस्थावारे परिक्षण गर्ने र त्यसपछि बाँकी रहेको रकमबारे निर्णय गर्ने बताए । ‘आईपीएल आयोजना नभएर चार सय करोड घाटा हुनेछ । जुन धेरै ठूलो हो । ’

यस्तै उनले खेलाडीको पे कट बारे पनि निर्णय पनि आईपीएलकै निर्णयमा भर पर्ने बताए । भारतीय टिमका पूर्वकप्तानसमेत रहेका गांगुलीले यदी आईपीएल नभए पे कटसमेत हुने बताए । ‘यदी आईपीए भएमा हामीले पे कट गर्ने छैनौं । हामी सबे व्यवस्थापन गर्नेछौँ,’ गांगुलीले भने ।

यसअघि बीसीसीआईमा कोषाध्यक्ष अरुण धुमालले पनि यो कठिन अवस्थामा पे कट अन्तिम विकल्प भएको बताएका थिए । उनले कति घाटा हुन्छ भन्ने बारेमा गृहकार्य गरिरहेको बताए ।

यस्तै धुमालले पनि १३औं संस्करणको आईपीएल हुन नसके बीसीसीआईलाई चार सय करोड घाटा हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment