+
+
Shares

स्वास्थ्यमा समस्या देखिएपछि श्रममन्त्री यादव अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ४ गते १५:४२

४ जेठ, काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव अस्पताल भर्ना भएका छन् ।

बिहान छातीमा असामान्य दुखाइ भएपछि उनी बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका हुन् ।

बिहान ११ बजे अस्पतालमा पुगेका उनलाई चिकित्सकहरूले थप स्वास्थ्य जाँच गराएका छन् ।

पारिवारिक श्रोतका अनुसार उनको अवस्थामा सामान्य छ । एक महिनाअघि मात्रै उनको शरीरमा जनै खटिरा आएको थियो । सो समस्या हटेपछि पछिल्ला दिनमा उनी केही सक्रिय भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?