Comments Add Comment

९६ जना कोरोना संक्रमित वीरगञ्जमा उपचाररत

४ जेठ, काठमाडौं । कोरोना संक्रमणको हटस्पट बनेको वीरगञ्जमा ९६ जना कोरोना संक्रमित अहिले उपचाररत छन् ।

उनीहरुलाई वीरगञ्जस्थित नारायणी अस्पताल र सिद्धार्थ माविको आइसोलेसनमा राखिएको छ ।

नारायणी अस्पतालका डा. उदयनारायण सिंहका अनुसार नारायणी अस्पतालमा ७१ जना कोरोना संक्रमित उपचाररत छन् । जसमध्ये ६३ जना पुरुष र ८ जना महिला छन् ।

यस्तै सिद्धार्थ माविमा बनाइएको आइसोलेसन कक्षमा २५ जना संक्रमित रहेको डा. सिंहले बताए । जसमध्ये २ जना बालकसहित १७ जना पुरुष र ८ जना महिला रहेका छन् ।

पछिल्लो समय नारायणी अस्पतालमा कोरोना संक्रमित बिरामीको चाप बढेपछि सिद्धार्थ माविलाई सेमी आइसोलेसन वार्ड बनाइएको थियो ।

यस्तै गण्डक हस्पिटललाई पनि कोभिड अस्पतालमा रुपान्तरण गरिएको छ । वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले नारायणी अस्पतालको प्रशासनलाई गण्डक हस्पिटल हस्तान्तरण समेत गरिसकेका छन् । गण्डकी अस्पतालमा ७० बेडको आइसोलेसन कक्ष तयार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment