Comments Add Comment

कपिलवस्तुमा कोरोना संक्रमित नर्सको सम्पर्कमा रहेकाको रिपोर्ट नेगेटिभ

४ कपिलवस्तु, बुटवल । कपिलवस्तु जिल्ला अस्पताल तौलिहवाकी संक्रमित नर्सको सम्पर्कमा रहेका अस्पतालका ६ जना डाक्टर र नर्सको परिवारका सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

नर्ससँग सम्पर्कमा रहेका र स्वाब परीक्षणको रिपोर्ट आएका सबैको नतिजा नेगेटिभ आएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. गणेश क्षेत्रीले बताए ।

बिहीबार ७ र शुक्रबार १ सय ४ जनाको स्वाब संककन गरी पठाइएको थियो । संक्रमित नर्सका बुवा आमासहित ६ मध्ये ५ जनाको रिपोर्ट पनि नेगेटिभ आएको डा. क्षेत्रीले बताए ।

अस्पतालमा कार्यरत नौ जना डाक्टरमध्ये ६ जनाको रिपोर्ट आएको छ । १ सय ११ मध्ये ८८ जनाको रिपोर्ट आइसकेको र बाँकी २३ जनाको रिपोर्ट आउन बाँकी छ । सोमबारसम्म सबैको रिपोर्ट आउने उनले बताए ।

नर्समा कोरोना संक्रमण भएपछि गत शुक्रबारदेखि अस्पतालमा आकस्मिक र प्रसुति सेवा बाहेक सबै सेवा बन्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment