
नारायणी नदीको फाइल तस्वीर ।
४, जेठ, चितवन । चितवनको नारायणी नदीमा डुबेर दुई युवा वेपत्ता भएका छन् ।
भरतपुर महानगरपालिका वडा नं १६ को गणेश मन्दिर नजिकबाट पौडी खेल्न नारायणीमा पुगेका युवा आइतबार दिउँसो ४ बजेतिर डुबेर बेपत्ता भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रविन रेग्मीले बताए ।
उनीहरु वडा नं १६ शान्तिचोककै भएको वडाध्यक्ष अमृतराज हमालले अनलाइनखबरलाई जानकारी दिए । डुबर वेपत्ता हुनेमा अन्दाजी २५/२६ बर्षका प्रविन दवाडी र विवेक भट्टराई रहेको वडाध्यक्ष हमालले जानकारी दिए ।
उनीहरु पाँच जना गर्मीमा हावा खान भन्दै नारायणी नदी किनारमा पुगेका थिए । एक युवक डुबेर नदीले बगाएपछि बचाउन जाँदा अर्का युवक पनि डुबेको वडाध्यक्ष हमालले जानकारी दिए ।
उनीहरुको आइतबार साँझ अबेरसम्म खोजी गर्दा पनि नभेटिएको र सोमवार विहानैबाट खोजी कार्य थालिने प्रहरी निरीक्षक रेग्मीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4