+
+
Shares

बारामा नोट आतंक !

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ५ गते १२:३६

५ जेठ, काठमाडौ । २४ घण्टा बित्न नपाउँदै बारामा फेरि बेवारिसे नोट फेला परेको छ । तर, यो पटक सडकमा भेटिएको नोट भने नक्कली रहेको पाइएको छ ।

बच्चाहरूले खेल्ने भारतीय नक्कली नोट (भारतीय चिल्ड्रेन करेन्सी) बाराको पचरौता नगरपालिका-९ स्थित भलदुसवा टोलमा भेटिएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए ।

सोमबार बिहान सडकमा बेवारिसे अवस्थामा सडकमा पैसा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । गौतमका अनुसार एक हजार लेखिएका १२/१३ वटा नक्कली नोट प्रहरीले सुरक्षित रुपमा राखेको छ ।

बच्चाहरूले खेल्ने क्रममा उक्त नोट फालेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसरी सडकमा बेवारिसे पैसा फेला पर्न थालेपछि स्थानीय सर्वसाधरण भने त्रसित बनेका छन् । यसअघि आइतबार पनि बाराको आदर्श कोतवाल गाउँपालिका-८ स्थित कोत्वाली गाउँमा ५ सयको १६ थान नोट बेवारिसे अवस्थामा फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?