Comments Add Comment

उद्योगीलाई पास लिन संगठनको सिफारिस नचाहिने

५ जेठ, काठमाडौं । कुनै पनि व्यवसायिक छाता संगठनमा संलग्न नरहेका उद्योगी व्यवसायीले सवारी पासका लागि सिधै सम्बन्धित विभागमा निवेदन दिन पाउने भएका छन् ।

उद्योगीको छाता संगठनको सिफरिसमा मात्रै पास वितरण गर्ने निर्याणयले स्वतन्त्र र साना उद्योगी व्यवसायीलाई अप्ठ्यारो परेको गुनासोपछि उद्योग मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

मन्त्रालयको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको मन्त्रालयका उपसचिव वीरेन्द्र बस्नेतले जानकारी दिए । उद्योगीहरूलाई भेदभाव गर्न नभई पास वितरण कार्यक्रममा हुने भिडभाड नियन्त्रणका लागि मात्रै त्यस्तो व्यवस्था गरिएको मन्त्रालयले प्रष्ट पारेको छ ।

सरकारले यसअघि ४२ प्रकारका उद्योगहरू सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । ती उद्योगहरूले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघको सिफारिसमा मात्रै पास पाउने व्यवस्था गरिएको थियो ।

ठूला उद्योगीहरूको संगठनले सिफारिस गर्नुपर्ने भएपछि नेपाल राष्ट्रिय व्यवसायी महासंघले आपत्ति जनाएको थियो । राज्यले सबै उद्योगलाई समान किसिमले व्यवहार नगरेको भन्दै महासंघले आपत्ति जनाएको थियो।

अब भने ठूला संगठनको पास नचाहिने भएपछि खुसी लागेको महासंघका अध्यक्ष नरेश कटुवालले बताए । ‘राज्यले कुनै पनि निर्णय गर्दा त्यसको असर हेर्नुपर्छ भन्ने हाम्रो कुरा थियो, निर्णय सच्याउनु भएछ खुसी लाग्यो’ कटुवालले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment