Comments Add Comment

अस्पताल सिल : दीर्घकालिन समाधान खोज्ने कि ?

गुल्मीका कोरोना भाइरस संक्रमितको उपचार गराइरहेको अस्पताल सिल गरिएको छ । कोरोना संक्रमणले सुत्केरी महिलाको मृत्यु भए पछि धुलिखेल अस्पताल सिल गरियो । केहि दिन अगाडि त्रिवि शिक्षण अस्पताल अनि विपिकेआईएचएस धरानको प्रसुति विभाग सिल भयो ।

नेपालमा देखिएका कोभिड १९ का संक्रमितहरु अधिकाशंमा लक्षण नदेखिएका कारणले समान्य विमारीहरु जस्तै भर्ना गर्ने, उपचार गर्ने गरेको देखिन्छ । पछि तिनै बिमारीमा कोभिड १९ को संक्रमण देखिए पछि अस्पताल सिल गर्नुपर्ने र सम्पर्कमा आएका सबै (चिकित्सक, नर्स तथा अन्य कर्मचारी) लाई क्वारेन्टाइनमा  राख्नुपर्ने अवस्था आएको देखिन्छ ।

यस्तै हुने हो भने केहि समयमा नै धेरै अस्पतालहरु सिल हुदैन भन्न सकिदैन । यदि त्यस्तो भए अवस्था भयाभय हुन्छ, त्यसैले बेलैमा आवश्यक रणनिती बनाउन आवश्यक हुन्छ । यसरी संक्रमणको दर पनि बढ्दै जाने, अस्पताल पनि सिल गर्दै जाने हो भने हालत के होला ? के यो तरिका वैज्ञानिक र व्यवहारिक छ ? निकै सोचनिय विषय हो यो ।

अस्पताल जस्तो संवेदनशिल र अहिलेको अवस्थामा सबैभन्दा महत्वपूर्ण स्थानमा कुनै सुरक्षाको भरपर्दो व्यवस्था छैन । अस्पतालमा आउजाउ गर्नेका लागि अपनाइएको सुरक्षा उपाय आफैमा कमजोर र टिठलाग्दो छ ।

हाँसउठ्दो त के भने अस्पतालमा आउजाउ गर्नेका लागि ज्वरो नापिन्छ । जबकी ज्वरो मात्र कोरोना भाइरसको लक्षण होइन । ज्वरो त अरु अवस्थामा पनि आउन सक्छ । वा ज्वरो नआइ पनि कोरना भाइसरले संक्रमण गरेको हुनसक्छ ।

अस्पतालमा आउने हरेक बिमारीलाई ज्वरो नापेर हुदैन । लामो सम्पर्क र यात्रा विवरण लिनु पर्छ । शंकास्पद देखिने वितिकै कोभिड १९ परिक्षण गरिनु पर्छ । हरेक बिमारीमा कोभिड १९ संक्रमण हुन सक्छ भनेर सोच्नु पर्छ । फिवर क्लिनिकबाट केस डिटेक्सन हुने सम्भावना न्यून छ । अधिकांश घटना ज्वरो बिना देखा पर्दैछ । तसर्थ सावधानी सहित अस्पतालको बहिरङ्ग र अन्तरङ्ग सेवा सञ्चालन गर्नेु नै राम्रो हुन्छ कि ? यसबारे छलफल गर्नुपर्छ ।

डा. वालकृष्ण शाह

कोभिड१९ को संक्रमण नभएर अन्य सेवाका लागि अस्पताल आउनेहरु धेरै हुन्छन् । ति अस्पतालमा आउने जो काहिलाई पनि अस्पतालकै सेवा प्रदायकहरुबाट नै संक्रमण सर्न सक्ने हुन्छन् । त्यसैले अस्पतालमा काम गर्ने सम्पुर्ण कर्मचारीहरुको अनिवार्य कोभिड परीक्षण हुनुपर्छ । परीक्षण नगरिएको वा नगरेको कर्मचारीलाई अस्पताल छिर्न दिनु हुदैन ।

किनभने १ जना कर्मचारीबाट धेरै कर्मचारी, स्वास्थ्यकर्मी, चिकित्सकहरुमा संक्रमण फैलिन सक्छ र अन्तमा बिमारी हुदै समुदायमा फैलिने जोखिम हुदो रहेछ । साथै अस्पताल बन्द गर्नुपर्ने अवस्था पनि आउन सक्ने भएकाले उच्च प्राथमिकतामा राख्नु पर्ने रहेछ र लक्षण बिना नै सर्ने भएकाले परिक्षण नगर्नेलाई अस्पतालमा आउन दिनु हुदैन ।

पास हुदैमा कोभिडको संक्रमण हुदैन भन्ने छैन । घर बाहिर हिँड्नुपर्ने जो कोहि पनि पत्रकार, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, तरकारी बेच्ने, कर्मचारी, नेतृत्वबर्ग, व्यावसायी, कामदार, दुधवाला, तरकारीवाला जस्ता बर्गहरु धेरै जनासंग सम्पर्कमा आउनुपर्ने भएकाले यी सबैलाई अनिवार्य कोभिड परिक्षण गर्नु पर्छ । यो समाज र देशसँग जोडिएको हुनाले जसले परीक्षण गराउँदैन उनलाई बाहिर हिँड्नबाट पूर्णरुपले बञ्चित गरिनु पर्छ ।

लकडाउन समाधान होइन

लकडाउन मात्रै समस्याको सावधान होईन । कोभिड १९ को संक्रमण अब कसलाई छ र कहाँ कहाँ छ रु परिक्षण हुन धेरै बाँकी छ । तर यसको प्रकोपबाट कुनै बर्ग र क्षेत्र अछुतो छैन भन्दा फरक नपर्ला । अहिलेको अवस्थामा कोभिड १९ संग भागेर सम्भव पनि छैन । सिल गर्नु, लकडाउन बढाउनु, घरमा नै बस्नु यसलाई फैलिनबाट रोक्ने प्रमुख उपाय हुन ।

तर कति दिन ? यसको कुनै निश्च्तिता छैन । हाम्रो दैनिक जीवनमा तरकारी, सागसब्जी, फलफुल, खाद्यान्न, पानी, दूध, औषधी आदि धेरै कुराहरु चाहिन्छन् र यि हरेक कुराहरुबाट कोभिड १९ भित्रिने सम्भावना उत्ति नै रहेको छ ।

कोरोनासँग भिड्ने रणनीति

त्यस्तै तुरुन्तै कोभिड१९को  भ्याक्सिन आउने, औषधि तथा उपचार सम्भव होला भन्ने कुनै विश्वासिलो आधार आईसकेको छैन । हाम्रो रोग बिरुद्ध लड्ने शक्ति अर्थात ईम्युनिटि वा समुदायमा हर्ड ईम्युनिटि तुरुन्तै बन्ने छ भन्ने आधार पनि हामीसंग छैन ।

यो अवस्था भनेको भाईरससंग मानव हारेको अवस्था हो । तर यसको अर्थ हामी सकिने होईन । अब हामी कोरोनासंग कसरी चल्ने रणनीति लिनुपर्ने देखिन्छ भन्नेमा दुईमत नहोला । हामीलाई कोरोना हुन सक्छ भन्ने आत्मसाथ गर्नुपर्छ र नियमित काममा फर्किनुको बिकल्प छैन नै भन्छु म । हाम्रो रोग बिरुद्ध लड्ने शक्तीले साथ दिए सम्म कोभिड १९ लाई परास्त गर्दै अगाडि बढ्नु पर्छ ।

केहि व्यक्तीमा संक्रमणले गम्भिर अवस्थामा पु¥याउने निश्चित छ, ती जनसंख्यालाई उपचार गर्न सक्ने अवस्थाका अस्पताल तयार गर्नुको बिकल्प नरहेको देखिन्छ । वास्तवमा यो लकडाउनका अवधिलाई त्यसै तयारीका लागि हुनुपर्थ्यो तर पुर्णरुपले तयार नहुन स्पष्ट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment