+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सीमामा रोकिएका नगरवासीलाई ल्याउन नीलकण्ठ नगरपालिकाले पठायो बस

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ५ गते १९:३७

५ जेठ, काठमाडौं । धादिङको नीलकण्ठ नगरपालिकाले आफ्ना २९ जना नगरवासीलाई लिनको लागि भैरहवा बस पठाएको छ ।

सोमबार नगरपालिकाले भारतबाट नेपाल आएर नियमपूर्वक क्वारेन्टाइनमा बसेका २९ जनालाई लिनको लागि बस पठाइएको नगरपालिका प्रमुख भीम ढुंगानाले जानकारी दिए ।

ढुंगानाका अनुसार उनीहरूमध्ये सबैको आरडीटी परीक्षणको रिपोर्ट नतिजा नेगेटिभ आएपछि उनीहरूलाई उद्धारको तयारी गरिएको हो ।

यद्यपि नगरपालिकामा आएपछि पनि दुईदेखि तीन हप्तासम्म क्वारेन्टाइनमा बसेपछि मात्रै उनीहरूलाई घर जान दिइन्छ ।

आइतबार नगर प्रमुख ढुङ्गानाको नेतृत्वमा बसेको सुरक्षात्मक प्रतिकार्य बैठकको निर्णय अनुसार २९ जनालाई ल्याउन लागेका नगरपालिकाले बताएको छ ।

यसबाहेक स्वयं सेवकहरूलाई सुरक्षा तगारो लगाउने, सबै व्यवसाय तथा वित्तीय संस्था बन्द गर्ने, एकहप्तापछि आलोपालो व्यवसाय तथा वित्तीय संस्था खोल्ने, अत्यावश्यक सवारी पास, नियमित अनुगमन, सुरक्षा सचेतना तथा सूचना प्रवाह, कोभिड–१९ को द्रूत परीक्षण, विकास निर्माण गतिविधिसम्बन्धी एजेण्डा प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?