Comments Add Comment

होटलमा अग्रिम भुक्तानी गर्नेलाई पछि ५० प्रतिशत बराबरको थप सेवा

अच्युत पुरी

५ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारीपछि सबैभन्दा बढी प्रभावित होटेल क्षेत्र कोभिडको त्रासकै बीचमा पनि टाउको उठाउने कोसिसमा छ । चूनौतीका बीच केही युवा होटेल व्यवसायीको प्रयासमा होटेल क्षेत्रले एक अभियान सुरु गर्ने भएका छन् ।

यो अभियानको नाम ‘पे नाउ, गो लेटर’ दिइएको छ । युवा होटेल व्यवसायी सुमन घिमिरेका अनुसार यो अभियानअन्तर्गत अनलाइन प्लेटर्फम ‘paynowgolater.com‘मा गएर होटेलहरुले आफू रजिष्ट्रर हुन सक्ने भएका छन् ।

त्यसपछि ग्राहकले आफू जान वा घुम्न चाहेको स्थानमा रहेको होटेल चानेर अगि्रम बुकिङ र रकम समेत तिर्न सक्ने छन् । अहिले ग्राहकले तिरेको रकममा दुई महिनापछि ५० प्रतिशत थप गरेर होटेलहरुले सेवा प्रदान गर्ने गरी अभियान थालिएको छ ।

हरेक दिन बढ्ने संक्रमण र यसको फैलावटको जोखिमका कारण सरकारले घोषणा गरेको लकडाउनका कारण सहज अवस्था छैन । देशभर करिव ११ लाख हाराहारी प्रत्यक्ष रोजगारी सिर्जना गर्ने यस क्षेत्रलाई आफ्नो व्यवसायमात्र होइन, मजदुरको रोजिरोटीको रक्षा समत उत्तिकै महत्वपूर्ण रहेको छ । त्यसैलाई ध्यानमा राखेर नयाँ अभियान सुरु गरिएको हो ।

१० हजार तिरेर बुकिङ

यो अभियानमा काठमाडौंका ठूला होटेलदेखि दूरदराजका साना होटेलले समेत भाग लिन सक्ने व्यवसायी घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार दर्ता गरिएका होटलहरुमा पर्यटकले १० हजार अगि्रम तीर्न सक्नेछन् ।

६० दिनपछि त्यो रकम बढेर १५ हजार हुने भएको छ । सो रकमले होटलको खाना र कोठाको बिल तिर्न सक्ने गरी प्याकेज दिइने भएको छ । यसको समयावधि पैसा तीरेको ६० दिनपछि लागू हुने भएको छ । अर्थात् अहिले १० हजार भुक्तानी दिएका ग्राहकले ६० दिनपछि १५ हजार बराबरको सेवा लिन सक्नेछन् ।

त्यसपछि होटलले दिएको अवधि सम्म मान्य हुने गरी प्रावधान बनाइएको छ । यस सम्बन्धी शर्तहरु होटल आ-आफ्नै किसिमले राख्न पाउने घिमिरेले बताए ।

‘हामीसँग जोडिदै गएका होटललाई हाम्रो वेबसाइटमा अध्यावधिक गर्दै जानेछौं,’ उनले भने ‘यो अभियान नेपालमा पर्यटन क्षेत्रले गति नलिएसम्म कायम राख्नेछौं ।’

यो कार्यक्रम आन्तरिक पर्यटक लक्षित हो । तर, अभियानमा विदेशी पर्यटकलाई समेत सहभागी गराउने योजनामा होटेल व्यवसायी रहेका छन् ।

तत्काल विदेशी पर्यटक नआउने सन्दर्भमा आउने पर्यटकको प्रोत्साहनका लागि प्याकेज ल्याइएको उनको भनाइ छ ।

किन  यस्तो अभियान ?

अहिलेको कठिन समयमा अगि्रम भुक्तान गरी होटेललाई ग्राहकले पैसा दिनु भनेको कुनै पनि पर्यटकले आफूलाई मनपर्ने होटेल निरन्तर सञ्चालन होस भनेर सहयोग पर्‍याउनु रहेको व्यवसायीको तर्क छ ।

होटेलमा काम गर्ने हाउसकिपर, सेफ रिसेप्सन डेस्क टीम, सुरक्षाकर्मी, बार टेन्डरलगायत होटल सञ्चालनमा प्रत्यक्ष भूमिका खेल्ने सबैको रोजिरोटीको रक्षामा ग्राहकबाट समेत सहयोगको अपेक्षा होटेलहरुले गरेका हुन् ।

पर्यटकले अगि्रम तिरेको पैसाले होटललाई टिकाइ राख्न मद्दत गर्नेछ । अर्कोतर्फ ग्राहकले समेत थोरै पैसाबाट बढी सेवा प्राप्त गर्ने अवसर पाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment