+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

रामराजा स्वास्थ्य प्रतिष्ठानको बजेटलाई निरन्तरता दिन माग

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ६ गते १३:३९

६ जेठ, सप्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले ३ भदौ २०७५ मा प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्दै सबैभन्दा बढी विकास प्रदेश २ मै गर्ने आश्वासन दिए । विभिन्न आश्वासन दिने क्रममा उनले गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नामबाट स्वास्थ्य विज्ञान प्रतिष्ठान सिंहकै गृह जिल्ला सप्तरीमा यथासिघ्र निर्माण थालनी गर्ने बताए ।

आफूले दिएको आश्वासन अनुरुप प्रधानमन्त्रीले चालु आर्थिक वर्षको बजेटमा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गर्न ४० करोड विनियोजन गर्न लगाए । चालु आ.ब.को बजेट बक्तव्यको क्रम संख्या ५६ मा राजविराजमा यो स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ४० करोड विनियोजन गरिएको उल्लेख छ ।

संघीय सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने बताएपछि यसको जग्गाको समेत खोजी भइसकेको छ । बजेट आएपछि त्यसको कार्यालय स्थापनादेखि सम्भाव्यता अध्ययन गर्ने काम पनि अघि बढिसकेको छ । तर, सरकारले यो स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेको छैन् ।

यस पटकको नीति तथा कार्यक्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई समावेश नगरेपछि जिल्लास्थित राजनीतिक दलका प्रमुखहरु संशकित भएको बताएका छन् । उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणका लागि बजेटमा समावेश गरी निरन्तरता दिन माग गरेका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष अशोक मण्डल, नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश यादव र समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिष्ठानको बजेटलाई निरन्तरता दिन माग गरेका छन् ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणका लागि राजविराज नगरपालिकाले ६० बिघा जग्गा दिने निर्णय गरेर प्रतिष्ठानको नाममा दर्ता गराउन मन्त्री परिषदबाट निर्णय गराउन भूमि व्यवस्था मन्त्रालयमा पठाएपनि थन्काइएको जिल्ला समन्वय समितिका सभापति यादव बताउँछन् । यद्यपि त्यसलाई पनि त्यत्तिकै थन्काएर राखिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?